बुधबार, असार १७,२०८३ 01:09:16
Bizshala
  • बुधबार, असार १७,२०८३ 01:09:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कच्चा तेलको मूल्य उल्लेख्य बढ्यो, प्रतिब्यारेल कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
कच्चा तेलको मूल्य उल्लेख्य बढ्यो, प्रतिब्यारेल कति पुग्यो ?

काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेख्य बढेको छ। इरान र इजरायलबीच पुनः सैन्य तनाव चर्किएपछि लगानीकर्ताहरूमा आपूर्ति अवरुद्ध हुने चिन्ता बढ्दै जाँदा तेलको मूल्य उकालो लागेको हो।

New Office
CG Motors
Garima Development Bank

आज ब्रेन्ट क्रुडको मूल्य ३.६५ प्रतिशत अर्थात ३.४० डलरले बढेर प्रतिब्यारेल ९६.४९ डलर पुगेको छ भने डब्लुटीआई क्रुडको मूल्य ३.५९ प्रतिशत अर्थात ३.२५ डलरले बढेर प्रतिब्यारेल ९३.७९ डलर पुगेको छ । बजार विश्लेषकहरूका अनुसार मध्यपूर्वमा तनाव पुनः बढ्दा विश्वव्यापी ऊर्जा आपूर्तिमा जोखिम थपिएको छ, जसले कच्चा तेलको मूल्यमा प्रभाव पारेको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इजरायलमाथि क्षेप्यास्त्र आक्रमणलाई आगामी एक हप्तासम्म जारी रहने चेतावनी दिएपछि स्थिति अझ गम्भीर बनेको छ। 

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्रतिशोध नगर्न आग्रह गर्ने बताएका छन् र इरानसँग सम्झौता नजिक पुगेको दाबी गरेका छन्। तर इजरायली सैन्य पक्षले आवश्यक आदेश आएमा आक्रमण जारी राख्ने पक्षमा देखिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.