शुक्रबार, चैत्र २०,२०८२ 04:03:43
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 04:03:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पियोर इनर्जीले सिंगल आईजीन माग्नु अनुचित र गैरकानूनी: नेप्से

Bizshala
पियोर इनर्जीले सिंगल आईजीन माग्नु अनुचित र गैरकानूनी: नेप्से
Shivam Cement

काठमाण्डौ । पियोर इनर्जी लिमीेटेडको संस्थापक सेयरलाई सर्वसाधारणसरह बनाई प्रणालीलाई आफूअनुकुल चलाएर जोखिममा पार्ने योजनाअनुसार अदालतमा रिट दायर गरेको गोल्यान ग्रुपलाई नेपाल स्टक एक्सचेञ्ज लिमीटेड-नेप्से)ले पनि असहयोग गरेको छ ।  

पियोर इनर्जी प्रकरणमा गोल्यान समूहले आफूलाई समेत विपक्षी बनाई दायर गरेको रिटको जवाफ दिने क्रममा नेप्सेले कानूनी विषय उठान गरिदिएपछि ग्रुपलाई थप अप्ठ्यारो परेको हो । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

नेप्सेले पियोर इनर्जीले सर्वसाधारण र संस्थापक सेयरहरुको कारोबारका लागि एउटै कारोबार संकेत-आइजीन) हुनुपर्ने भन्दै गरेको माग गैरकानूनी भएको जिकिर गर्दै अदालतलाई जवाफ पठाएको हो ।  

नेप्सेले अदालतमा पठाएको जवाफको एउटा बुँदा । 

'कम्पनीका हरेक विषयमा संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीबीच एकैप्रकारको व्यवस्था कानूनले नगरेको र सो हुनुपर्छ भन्नु उचित पनि देखिँदैन ।' नेप्सेले अदालतमा पठाएको लिखित जवाफमा भनिएको छः 'नेप्सेबाट विपक्षी रिट निवेदकको संवैधानिक, कानूनी हकअधिकारमा असर पर्ने कुनै कार्य भएको छैन ।'  

यसअघि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको तर्फबाट उनका वारेस नवराज पण्डितले उच्च अदालत पाटनमा लिखित जवाफ पेश गर्दा समेत आईजीनको विषयमा हाल कानून निर्माणको अन्तिम चरणमा रहेको र कुनै एउटा कम्पनीको सहजताका लागि  समग्र प्रणालीको सुरक्षामा सम्झौता गर्न नसकिने प्रष्ट पारेका थिए । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

पियोर इनर्जीले ६४ लाख थान संस्थापक सेयरलाई समेत सिडिएस एण्ड क्लियरिङ लिमीटेडबाट फरक इन्टरनेशनल आइडेन्टिफिकेसन नम्बर–आइजनी) प्रदान नगर्न नगराउन आदेश माग गर्दै अदालतमा रिट दायर गरेको थियो । यो कम्पनीको १६ लाख कित्ता साधारण सेयर भने आईपीओ निश्कासनपछि दोश्रो बजारमा कारोबारमा आइसकेको छ । सर्वसाधारणतर्फको यही १६ लाख कित्ताकै लागि प्रदान गरिने आईजीन ६४ लाख कित्ताका लागि समेत माग्दै पियोर इनर्जीमा गोल्यान ग्रुपले खेल्न खोजेको देखिन्छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.