काठमाण्डौ । शुक्रबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७१ प्रतिशत र निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले घटेको छ ।
बीमा समूह घट्दा १४ बीमा कम्पनीको सेयरभाउ भने बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६० प्रतिशतले बढेर ७०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको ०.५४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४७ प्रतिशत, एनएलजीको ०.६८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.१५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.६० प्रतिशत, सानिमा जिआइसीको ०.४५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५८ प्रतिशत, एशियन लाइफको ०.१४ प्रतिशत, आइएमई लाइफको ०.२४ प्रतिशत, नेपाल लाइफको ०.०७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६७ प्रतिशत, सन नेपाल लाइफको ०.१५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१८ प्रतिशत र नेपाल रि को ०.११ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.९७ प्रतिशतले घटेर १२४४.९० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सिटिजन लाइफको ०.४७ प्रतिशत, हिमालयन लाइफको ०.८० प्रतिशत, एलआइसी नेपालको १.१३ प्रतिशत, नेशनल लाइफको ३.५८ प्रतिशत, सूर्यज्योति लाइफको १.०१ प्रतिशत, हिमालयन एभरेष्टको ०.३७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३७ प्रतिशत, आरबीसीएलको ०.३५ प्रतिशत, सलिकोको ०.८१ प्रतिशत, शिखरको ०.४६ प्रतिशत, युनाइटेड अजोडको ०.८६ प्रतिशत र हिमालयन रि को ०.१७ प्रतिशतले घटेको छ ।

