काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड –२ को इकाई सूचीकरण खारेज भएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको ‘सिटिजन्स म्युचुअल फण्ड–२ को इकाई सूचीकरण खारेज भएको हो ।
अंकित मूल्य १० रुपैयाँ दरको कुल ५ करोड ६० लाख इकाई खारेज भएको हो । यो फण्ड ७ वर्षे बन्दमुखी योजना रहेको थियो ।
असार २१ गतेदेखि परिपक्व हुन लागेकाले नेप्सेले फण्डको इकाई सूचीकरण खारेज गरेको हो ।

