काठमाण्डौ । सेयर बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि स्थगन गरेको छ ।
सेबोनको शनिवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
योसँगै २०८१ चैत ७ गतेदेखि कार्यान्वयनमा ल्याइएको अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि तत्कालका लागि हटेको छ ।
सेबोनको बोर्ड बैठकले नेप्सेको मुख्य सूचक तथा उपसूचक गणनामा देखिएका कमी कमजोरीको पहिचान गरी सुधार गर्ने उद्देश्यले अध्ययन गर्ने निर्णय समेत गरेको छ ।
सम्बन्धित समाचारहरु :
-अन्तिम १५ मिनेटको नियम हटाउन नेप्से अनिच्छुक, अन्तिम समयमा खेल्यो यस्तो खेल
-सेबोन अध्यक्ष श्रेष्ठ-'आइतबार बजार खुल्नुअघिसम्म अन्तिम १५ मिनेटको नियम हट्छ'
-अन्तिम १५ मिनेट औसतको नियम हटाइँदै !