आईतवार, श्रावण १०,२०८३ 06:22:15
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:22:15
Bizshala
Global IME Bank Limited

नेप्सेमा नयाँ कम्पनीको रौनक, शीर्ष कमाउने सूचीमा ‘जेनजी स्टक’ हाबी

नेप्सेमा नयाँ कम्पनीको रौनक, शीर्ष कमाउने सूचीमा ‘जेनजी स्टक’ हाबी
New Office

काठमाण्डौ । यो साता नेप्से परिसूचक ५७.०६ अंकले बढेर २७३४.६० विन्दुमा कायम भएको छ । अघिल्लो साता भने नेप्से परिसूचक २६७७.६७ विन्दुमा कायम भई बन्द भएको थियो ।  

यस हिसाबले यो साता परिसूचक अघिल्लो साताको तुलनामा २.९५ प्रतिशत वृद्धि भएको छ । यस साता नेप्से परिसूचकले अधिकतम २,७५४.०८ विन्दु र न्यूनतम २,६५९.५३ विन्दु कायम गरेको छ । यस आधारमा साप्ताहिक उतारचढाव (भोलाटिलिटी) ९४.५५ अंक रहेको छ । अघिल्लो साता भने नेप्सेमा १३०.९५ अंकको उतारचढाव देखिएको थियो ।

साताको सबैभन्दा उच्च दैनिक वृद्धि सोमबार देखिएको थियो । उक्त दिन नेप्से परिसूचक ४१.७० अंकले बढेको थियो भने कारोबार रकम ५ अर्ब ५१ करोड रुपैयाँ पुगेको थियो ।

साताभरी नेप्सेमा २८ अर्ब ३३ करोड रुपैयाँ बराबरको कुल कारोबार भएको छ ।

यो साता नेप्से परिसूच्क २.९५ प्रतिशतले बढ्दा ११ समूहमा हरियाली छाएको छ भने दुई समूह भने घटेका छन् । म्युचुअल फण्ड समूह र निर्जीवन बीमा समूह घट्दा सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूह यस साता ४.११ प्रतिशतले बढेको छ ।  

त्यस्तै, ब्रैंकिङ समूह १.९५ प्रतिशत, फाइनान्स समूह ०.८१ प्रतिशत, होटल तथा पर्यटन समूह २.८६ प्रतिशत, हाइड्रो समूह २.८६ प्रतिशत, लगानी समूह १.४१ प्रतिशत, जीवन बीमा समूह ०.४३ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.४३ प्रतिशत, व्यापार समूह २.८६ प्रतिशत र अन्य समूह ३.६० प्रतिशतले बढेको छ ।  

त्यस्तै, यो साता निर्जीवन बीमा समूह ०.३१ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड समूह २.३५ प्रतिशतले घटेको छ ।  

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

यो साता सर्वाधिक कमाउनेमा नयाँ कम्पनीहरु रहेका छन् । लगानीकर्ताहरुले सेयरबजारमा आएका नयाँ कम्पनीहरुलाई प्रयोग गर्ने शब्द ‘जेनजी स्टक’हरु यो साता सर्वाधिक बढेका छन् ।  

सबैभन्दा धेरै बढ्ने अर्थात् सर्वाधिक कमाउनेमा एभरेष्ट कलर लिमिटेड रहेको छ । यो कम्पनीको सेयरभाउ यो साता १०१.०२ प्रतिशतले बढेर ६५१.१० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सालपा विकास बैंकको २६.९१ प्रतिशत, स्नो रिभर्स लिमिटेडको २१.९२ प्रतिशत, रिज लाईन इजर्नीको २१.४० प्रतिशत, कालंगा हाइड्रोको २०.९७ प्रतिशत, शिखर पावर डेभलपमेन्टको १६.१३ प्रतिशत, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सानिगाड हाइड्रोको १४.७६ प्रतिशत, होटल फरेस्ट इनको ११.८९ प्रतिशत र याम्बालिङ्ग हाइड्रोको ११.३८ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

यो साता सर्वाधिक गुमाउनेमा भने अधिकांश डिबेञ्चरहरु छन् । सर्वाधिक घट्ने स्टकमा एनआइबीएल ग्रोथ फण्ड रहेको छ । यो फण्डको इकाईमूल्य १५.४९ प्रतिशतले घटेर ९.२२ रुपैयाँमा कायम भएको छ ।  

त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोको १२.०६ प्रतिशत, १०% सानिमा बैंक डिबेञ्चरको ११.६५ प्रतिशत, ९.५% एनसीसी डिबेञ्चर २०८६ को ७.१६ प्रतिशत, लक्ष्मी उन्नती कोषको ६.९६ प्रतिशत, १०.२५% सनराइज बैंक डिबेञ्चर २०८३ को ६.८० प्रतिशत, ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६–८७ को ६.१६ प्रतिशत, एनएमबि डिबेञ्चर १०.७५% २०८९–९० को ६.१६ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोको ६.०३ प्रतिशत र सनराईज ब्लुचिप फण्डको ५.६९ प्रतिशतले घटेको छ ।  

सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी  

यो साता सर्वाधिक कारोबार हुने कम्पनीमा रिडी पावर कम्पनी रहेको छ । कम्पनीको साताभरी कुल १८ हजार १८१ वटा कारोबारमा ४६ लाख ६४ हजार २४१ कित्ता बराबरको १ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

त्यस्तै, आँखु खोला जलविद्युतको १ अर्ब ३० करोड, रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब २१ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको १ अर्ब ६ करोड, कर्पोरेट डेभलपमेन्टको बैंकको ७७ करोड १६ लाख, नेशनल हाइड्रोपावरको ६९ करोड ६७ लाख, एसवाई प्यानलको ६० करोड ८ लाख, हिमालयन रि को ५५ करोड ८ लाख, अपि पावरको ५२ करोड र कुमारी बैंकको ५१ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.