शुक्रबार, जेष्ठ ३०,२०८२ 04:49:10
IME remit
  • शुक्रबार, जेष्ठ ३०,२०८२ 04:49:10
IME remit
Global IME Bank Limited

नेप्सेमा विशाल बजार सबैभन्दा ठूलो कम्पनीः पूँजीकरणमा व्यापार समूह अब्बल, फाइनान्स कमजोर

Hyundai Nepal
नेप्सेमा विशाल बजार सबैभन्दा ठूलो कम्पनीः पूँजीकरणमा व्यापार समूह अब्बल, फाइनान्स कमजोर
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण बढाउन व्यापार समूह सबैभन्द बढी अब्बल देखिएको छ ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनाको तथ्याङ्कअनुसार व्यापार समूहको धितोपत्र बजार पूँजीकरण २ खर्ब ४४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । 

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १४५८.८७ प्रतिशत बढी हो । गत आवको १० महिनासम्म यो समूहको धितोपत्र बजार पूँजीकरण १५ अर्ब ६९ करोड रुपैयाँ मात्रै थियो ।

नेप्सेमा व्यापार समूहअन्तर्गत दुईवटा कम्पनी सूचीकृत छन् । साल्ट ट्रेडिङ कम्पनी र विशाल बजार कम्पनी यी दुबै सरकारी स्वामित्वको कम्पनी हुन् ।  

चालु आवमा सरकारसँग भएको विशाल बजार कम्पनीको संस्थापकतर्फको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर दोस्रो बजारमा सूचीकृत भएसँगै व्यापार समूहको धितोपत्र बजार पूँजीकरण ह्वात्तै बढेको हो ।  

हाल बजार पूँजीकरणका हिसाबले विशाल बजार कम्पनी नेप्सेमा सबैभन्दा ठूलो कम्पनी हो ।  

पूँजीकरणका आधारमा विशाल बजार सबैभन्दा ठूलो कम्पनी भएपछि कम्पनीको सेयरभाउले व्यापार समूहलाई पूर्ण रुपमा प्रभाव समेत पारेको छ । विशाल बजार कम्पनीको बजार पूँजीकरण २ खर्ब भन्दा बढी पुगेको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ५ हजार ४७४ रुपैयाँ रहेको छ ।  

यता साल्ट ट्रेडिङ कर्पोरेशनको बजार पूँजीकरण पनि १६ अर्ब भन्दा बढी पुगेको छ । कम्पनीको अन्तिम कारोबार मूल्य  ५ हजार रुपैयाँभन्दा बढी रहेको छ ।  

सरकारसँग भएको कम्पनीको संस्थापक सेयर बजारमा सूचीकरण भएपछि यो समूहको पूँजीकरण हिस्सा सर्वाधिक बढ्न पुगेको हो ।  

त्यस्तै, बैंकिङ समूहको बजार पूँजीकरण पनि २३.५५ प्रतिशतले बढेको छ । 

Muktinath Bikas Bank Limited

चालु आवको १० महिनासम्म बैंकिङ समूहको बजार पूँजीकरण १० खर्ब ८ अर्ब ३० करोड रहेको छ । गत आवको सोही अवधिसम्म यो समूहको बजार पूँजीकरण ८ खर्ब १६ अर्ब १० करोड रुपैयाँ मात्रै रहेको थियो ।  

यता हाइड्रो समूहको धितोपत्र बजार पूँजीकरण भने ४८.५५ प्रतिशतले बृद्धि भएको छ । सो अवधिसम्म यो समूहको बजार पूँजीकरण ६ खर्ब ७७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।  

बीमा समूहको धितोपत्र बजार पूँजीकरण भने ६ खर्ब ४५ अर्ब १ करोड रुपैयाँ पुगेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुनलामा ३०.०२ प्रतिशत बढी हो ।  

गत आवको यस अवधिसम्म बीमा समूहको धितोपत्र बजार पूँजीकरण ४ खर्ब ९६ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।  

नेप्सेमा बीमा समूहतर्फ जीवन र निर्जीवन गरी कुल २७ कम्पनी सूचीकृत छन् ।  

त्यस्तै, माइक्रोफाइनान्स समूहको ३ खर्ब ५२ अर्ब ५३ करोड, अन्य समूहको ४ खर्ब ४० अर्ब ९३ करोड, उत्पादन तथा प्रशोधन समूहको २ खर्ब ४४ अर्ब ८ करोड, विकास बैंक समूहको २ खर्ब १ अर्ब ८८ करोड र होटल तथा पर्यटन समूहको १ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।  

सबैभन्दा कम पूँजीकरण फाइनान्स समूहको  

धितोपत्र बजार पूँजीकरणमा हिस्सा सबैभन्दा कम फाइनान्स समूहको रहेको छ ।  

यो समूहको बजार पूँजीकरण ७७ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । यो पूँँजीकरण रकम गत आवको तुलनामा १२.८५ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म यो समूहको बजार पूँजीकरण ६९ अर्ब रहेको थियो ।  

नेप्सेमा १५ वटा फाइनान्स कम्पनी सूचीकृत छन् । पछिल्लो समय फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण हराउँदै गएको छ ।  

फाइनान्स कम्पनीहरुको बिग्रदो वित्तीय अवस्थाका कारण लगानीकर्तालाई लाभांश बाँड्न नसक्दा चार्म हराउँदै गएको छ ।

यसकारण यो समूहको बजार पूँजीकरणमा हिस्सा समेत कम हुन पुगेको हो ।  

अधिकांश फाइनान्स कम्पनी लाभांश दिन नसक्ने अवस्थामा पुगेपछि बजार पूँजीकरण एक खर्ब समेत नाघ्न सकेको छैन ।  

विशेषगरी धितोपत्र बजार पूँजीकरण बृद्धि हुन कम्पनीहरुको पूँजी थपिएर सेयरभाउ बढ्नुपर्दछ ।  

फाइनान्स सेक्टरमा अधिकांश कम्पनीले केही वर्षयता लगानीकर्तालाई प्रतिफल बाँड्न सकिरहेका छैनन् । जसकारण पूँजीकरणमा हिस्सा थप्न समेत यो समूह कमजोर देखिएको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.