सोमबार, जेष्ठ ४,२०८३ 06:56:33
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 06:56:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बजारमा बलियो ‘बुलिस सेटअप’

पैसा र मनोबल दुवै बढ्दा बुल रनको संकेत, तर बाह्य जोखिममा नजर आवश्यक : विश्लेषक

Laxmi Sunrise Bank Limited
बजारमा बलियो ‘बुलिस सेटअप’
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा देखिएको सूचक वृद्धि र कारोबार रकममा आएको उल्लेख्य विस्तारले लगानीकर्तामा नयाँ उत्साह थपिएको छ। नेप्से परिसूचक निरन्तर उकालो लाग्दै जाँदा कतिपय लगानीकर्ताले बजारले चाँडै नै ‘अल टाइम हाई’ तोड्न सक्ने अनुमानसमेत गर्न थालेका छन्।

सामान्यतया नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्न थालेमा बजारमा दिगो बुल ट्रेन्ड सुरु हुने संकेतका रूपमा लिइन्छ। पछिल्ला तीन कारोबार दिनको अवस्थाले पनि यही प्रवृत्ति देखाएको छ।

Bizshala
New Office
CG Motors

अघिल्लो कारोबारमा नेप्से १३.५१ अंकले बढ्दा कारोबार रकम ११ अर्ब ५७ करोड रुपैयाँमा सीमित थियो। त्यसपछिको दिन भने बजारले तीव्र गति लिँदै ६४.६९ अंकको उछाल देखायो, जहाँ कारोबार रकम २० अर्ब ७९ करोड रुपैयाँ नाघ्यो र सूचक २८८२.८६ बिन्दुमा पुगेको थियो।

आज पुनः बजारमा उल्लेख्य सुधार देखिएको छ। नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ बिन्दुमा पुगेको छ भने कारोबार रकम पनि बढेर २३ अर्ब १७ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

यसबीच बजारमा देखिएको सेक्टर रोटेसनले पनि बजारले लय समात्दै गएको संकेत दिएको छ। निर्वाचनपछिका केही दिन हाइड्रोपावर समूहमा केन्द्रित रहेको आकर्षण आज बैंकिङ र माइक्रोफाइनान्स क्षेत्रमा सरेको देखिएको छ।

विश्लेषकहरूका अनुसार बजार दिगो बन्न एउटै क्षेत्रको भर पर्नु पर्याप्त हुँदैन। विभिन्न सेक्टरमा लगानी सर्ने क्रम (सेक्टर रोटेसन) सुरु हुनु बजार परिपक्व बन्दै गएको संकेत मानिन्छ।

राजनीतिक परिदृश्यले पनि बजारमा सकारात्मक मनोविज्ञान निर्माण गरेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमतसहित स्थिर सरकार बन्ने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च बनाएको छ।

ब्रोकर एशोसियसनका पूर्वअध्यक्ष भरत रानाभाटका अनुसार बजारको समग्र अवस्था सुधारोन्मुख छ। “अहिलेको बजार सकारात्मक दिशामा अघि बढिरहेको छ, तर यसलाई तुरुन्तै पूर्ण बुल ट्रेन्ड भन्न मिल्दैन। यद्यपि बजार बढ्ने आधारहरू बलियो बन्दै गएका छन्,” उनले बताए।

Garima Development Bank
Shivam Cement
IME remit

उनले नयाँ सरकारसँगै स्थिर नीति आउने अपेक्षाले लगानीकर्ता थप सक्रिय भएको उल्लेख गर्दै कारोबारको भोल्युम केही दिन कायम रहेमा नेप्सेले ३ हजार विन्दु पार गर्न सक्ने सम्भावना रहेको बताए।

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे पनि बजारको माहोल सकारात्मक रहेको बताउँछन्। उनका अनुसार चैत मसान्तको केही दबाब देखिए पनि समग्र उत्साहका कारण बजार ठूलो गिरावटमा जाने सम्भावना कम छ।

उनले नियामक निकायहरू—नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल विद्युत नियमन आयोग र नेपाल स्टक एक्सचेञ्ज—ले बजारमैत्री नीतिहरू ल्याएमा नेप्सेले अघिल्लो ‘अल टाइम हाई’ तोड्ने आधार बलियो हुने बताए।

त्यसैगरी, बजार जानकार तथा प्राविधिक विश्लेषक अजय सिंह थापाले भने सावधानी अपनाउनुपर्ने धारणा राखेका छन्। उनका अनुसार हालको वृद्धि मुख्यतः नयाँ सरकारप्रतिको अपेक्षासँग जोडिएको हो।

“अहिलेको वृद्धि उत्साहजन्य हो, तर दीर्घकालीन बुल ट्रेन्ड सुरु भइसकेको निष्कर्षमा पुग्न हतार गर्नुहुँदैन,” उनले भने।

थापाले अन्तर्राष्ट्रिय परिस्थितितर्फ संकेत गर्दै अमेरिका–इजरायल–इरानबीचको तनावले विश्व सेयरबजारमा असर पारिरहेको र त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने बताए। ऊर्जा संकट, रेमिट्यान्समा सम्भावित असर र बाह्य आर्थिक दबाबले बजारमा उतारचढाव ल्याउन सक्ने उनको भनाइ छ।

उनका अनुसार नयाँ सरकार गठनअघिसम्म बजार ३ हजारदेखि ३१०० बिन्दुसम्म पुग्न सक्ने भए पनि त्यसपछि आपूर्ति बढेर बजारमा सुधार (करक्सन) आउन सक्ने सम्भावना रहन्छ।

समग्रमा हेर्दा बजारमा अहिले सकारात्मक मनोविज्ञान, बढ्दो भोल्युम र सेक्टर रोटेसनले बलियो आधार तयार गरिरहेका छन्। तर दिगोपनाका लागि नीति स्थिरता, नियामक सुधार र बाह्य आर्थिक अवस्थाको स्थिरता अत्यावश्यक देखिन्छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.