काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.३४ प्रतिशतले घटेको छ ।
आज ७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ९.५३ प्रतिशतले बढेर १३१० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सिटिजन लाइफको ०.६७ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.१३ प्रतिशत, नेशनल लाइफको १.९४ प्रतिशत, हिमालयन एभरेष्टको ०.७० प्रतिशत, सलिकोको १.६६ प्रतिशत, शिखरको ०.३० प्रतिशले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.५८ प्रतिशतले घटेर ४३१.१० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको १.१४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६१ प्रतिशत, एनएलजीको ०.६८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.७३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२९ प्रतिशत, आरबीसीएलको ०.२८ प्रतिशत, सानिमा जिआइसीको ०.८७ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.२९ प्रतिशत, युनाइटेड, हिमालयन रि को ०.१७ प्रतिशत र नेपाल रि को ०.५३ प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको ०.५५ प्रतिशत, हिमालयन लाइफको ०.७३ प्रतिशत, आइएमई लाइफको ०.४७ प्रतिशत, नेपाल लाइफको ०.१३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५५ प्रतिशत, सूर्यज्योति लाइफको ०.०५ प्रतिशत, सूर्यज्योति लाइफको ०.०५ प्रतिशत, सन नेपाल लाइफको ०.५२ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.४२ प्रतिशतले घटेको छ ।

