बिहीबार, असार १८,२०८३ 03:59:14
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:59:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अवैध औषधि बिक्री रोक्न नसकेको आरोपमा अलीबाबाले अमेरिकालाई ६० करोड डलर तिर्ने

Laxmi Sunrise Bank Limited
अवैध औषधि बिक्री रोक्न नसकेको आरोपमा अलीबाबाले अमेरिकालाई ६० करोड डलर तिर्ने

काठमाण्डौ । चीनको प्रविधि तथा ई–कमर्स कम्पनी अलीबाबा र यसको अमेरिकी भुक्तानी प्रशोधन साझेदार एयुएस मर्चेन्ट सर्भिसेसले अवैध औषधि तथा प्रतिबन्धित सामग्रीको बिक्री रोक्न असफल भएको आरोपमा अमेरिकी सरकारलाई ६० करोड डलरबराब तिर्नु पर्ने भएको छ ।

अमेरिकी न्याय विभागका अनुसार दुवै कम्पनीले नन–प्रोसिक्युशन एग्रिमेन्ट अन्तर्गत आफ्ना अधिकारी तथा कर्मचारीको कार्यका लागि जिम्मेवारी स्वीकार गरेका छन्। साथै, भविष्यमा यस्ता गतिविधि रोक्न आन्तरिक अनुपालन प्रणाली थप सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएका छन्।

New Office
CG Motors
Garima Development Bank

न्याय विभागले सन् २०१६ देखि २०२४ सम्म अलीबाबाका ई–कमर्स प्लेटफर्ममार्फत करिब ८० हजार अवैध कारोबार भएको जनाएको छ। ती कारोबारमार्फत अमेरिका भित्र अवैध औषधि, रासायनिक पदार्थ तथा नक्कली औषधि उत्पादनमा प्रयोग हुने उपकरण आयात गरिएको थियो। ती कारोबारको कुल मूल्य २० करोड अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।

अनुसन्धानका क्रममा अमेरिकी कानुन कार्यान्वयन निकायहरूले ४० भन्दा बढी गोप्य खरिद गरी अवैध औषधि र प्रतिबन्धित उपकरण खरिद गरेको न्याय विभागले जनाएको छ। अनुसन्धानका क्रममा अलीबाबाका केही कर्मचारीले कम्पनीको अनुपालन प्रणाली कमजोर रहेको र अवैध वस्तुको बिक्री रोक्न पर्याप्त नभएको भन्दै आन्तरिक रूपमा चिन्ता व्यक्त गरेको तथ्य पनि सार्वजनिक गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकी पक्षले एयुएस मर्चेन्ट सर्भिसेसको मनी लन्डरिङविरुद्धको निगरानी प्रणाली समेत प्रभावकारी नभएको र त्यसका कारण केही व्यापारीले प्रतिबन्धित सामग्रीको बिक्री तथा आयात सहज रूपमा गर्न सकेको आरोप लगाएको छ।

यता अलीबाबाले भने जारी गरेको विज्ञप्तिमा अमेरिकी निकायसँग पूर्ण सहयोग गर्दै यो विषयको समाधान गरिएको उल्लेख गर्दै भविष्यमा गैरकानुनी उत्पादनको बिक्री रोक्न थप कडा नियन्त्रण, नीति तथा निगरानी प्रणाली लागू गर्ने जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.