बिहीबार, असार १८,२०८३ 03:34:12
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:34:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रोपाइँ कुर्दै किसान, तत्काल पर्याप्त वर्षाको सम्भावना न्यून

Laxmi Sunrise Bank Limited
रोपाइँ कुर्दै किसान, तत्काल पर्याप्त वर्षाको सम्भावना न्यून

 

काठमाण्डौ । देशभर मनसुन सक्रिय रहे पनि धान रोपाइँका लागि आवश्यक पर्ने पर्याप्त वर्षा तत्काल हुने सम्भावना निकै कम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार केही स्थानमा भारी वर्षा हुने सम्भावना रहे पनि अधिकांश किसानले अपेक्षा गरेजस्तो व्यापक र पर्याप्त पानी तत्काल नपर्ने देखिएको हो। यसले रोपाइँको मुख्य समयमा पानीको अभाव कायमै रहने संकेत गरेको छ।

New Office
CG Motors
Garima Development Bank

महाशाखाका प्रवक्ता विभूति पोखरेलका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै सुदूरपश्चिमको पहाडी तथा तराई क्षेत्रमा मनसुनी न्यूनचापीय रेखा नजिक रहेकाले त्यहाँ वर्षा गराउने प्रणाली केही सक्रिय बनेको छ।

यद्यपि आगामी तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। अन्य अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान रहेकाले धान रोपाइँका लागि आवश्यक पर्ने पर्याप्त पानी तत्काल उपलब्ध हुने सम्भावना न्यून रहेको महाशाखाको निष्कर्ष छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कृषि विज्ञहरूले पनि मौसमको अवस्थालाई ध्यानमा राख्दै स्थानीय वर्षाको अवस्था हेरेर मात्र रोपाइँको योजना बनाउन किसानलाई सुझाव दिएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.