बिहीबार, असार १८,२०८३ 03:34:27
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:34:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकपमा आज स्पेन र अस्ट्रिया भिड्दै, अन्तिम १६ मा पुग्ने सम्भावना कसको कति ?

Laxmi Sunrise Bank Limited
विश्वकपमा आज स्पेन र अस्ट्रिया भिड्दै, अन्तिम १६ मा पुग्ने सम्भावना कसको कति ?

काठमाण्डौ । स्पेन र अस्ट्रिया आज फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत महत्त्वपूर्ण नकआउट भिडन्तमा आमनेसामने हुँदैछन्। प्रतियोगिताको उपाधि दाबेदार टोलीका रूपमा विश्वकपमा प्रवेश गरेको स्पेनले समूह चरणमा अपेक्षाअनुसारको प्रदर्शन गर्न नसके पनि प्रशिक्षक लुइस दे ला फुएन्तेले टोली सही लयमा फर्किरहेको बताएका छन्।

समूह चरणमा स्पेनले केप भेर्देसँग गोलरहित बराबरी खेलेपछि साउदी अरेबियालाई ४–० ले पराजित गरेको थियो भने उरुग्वेमाथि कठिन जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। उता, अस्ट्रियाले समूह ‘जे’ मा उपविजेता बन्दै सन् १९५४ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

New Office
CG Motors
Garima Development Bank

स्पेनका प्रशिक्षक दे ला फुएन्तेले टोलीले कमजोरीहरू पहिचान गरिसकेको र प्रतियोगिताको निर्णायक चरणमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले स्पेनी समर्थकहरूको उच्च अपेक्षालाई सकारात्मक रूपमा लिँदै त्यसअनुसार प्रदर्शन गर्न आफूहरू तयार रहेको बताएका छन्।

अस्ट्रियाका मुख्य प्रशिक्षक राल्फ राङ्निकले भने स्पेनविरुद्ध सफल हुन आफ्नो टोलीले समूह चरणभन्दा अझ उच्च स्तरको प्रदर्शन गर्नुपर्ने स्वीकार गरेका छन्। विशेषगरी युवा स्टार लामिन यामाललाई नियन्त्रणमा राख्नु नै आफ्नो टोलीको प्रमुख रणनीति हुने उनले बताए। ह्यामस्ट्रिङ चोटबाट फर्किएका १८ वर्षीय यामालले समूह चरणमा सीमित समय खेल्दै एक गोल गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हेड–टु–हेड तथ्यांकमा स्पेन बलियो देखिन्छ। स्पेन पछिल्ला पाँच भेटमा अस्ट्रियासँग अपराजित छ, जसमा चार जित र एक बराबरी समावेश छन्। पछिल्लो भेटमा स्पेनले सन् २००९ मा अस्ट्रियालाई ५–१ ले पराजित गरेको थियो।

स्पेनका येरेमी पिनो र निको विलियम्स चोटका कारण उपलब्ध छैनन् भने अस्ट्रिया भने पूर्ण टोलीसहित मैदान उत्रिने तयारीमा छ। ओप्टाको सुपरकम्प्युटरले स्पेनको जितको सम्भावना ७०.६ प्रतिशत र अस्ट्रियाको जितको सम्भावना १२.२ प्रतिशत रहेको आकलन गरेको छ। यस खेलको विजेताले अन्तिम १६ मा पोर्चुगल वा क्रोएसियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.