कमजोर कम्पनीलाई आईपीओ ल्याउन दिंदा लगानीकर्ता फस्ने जोखिम, बजारको स्थायित्वमा नै असर पर्ने डर
काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा रहेका कम्पनीहरुलाई धमाधम आईपीओ निष्कासनको अनुमति दिइरहेको छ । गत आर्थिक वर्षमा मात्रै १५ कम्पनीले ५३ अर्ब ८४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति दिइएको तथ्यांकले देखाउँछ।धितोपत्र बोर्ड ७–८ महिनासम्म अध्यक्षबिहीन हुँदा पाइपलाइनमा रहेका कम्पनीहरुले लामो समयसम्म आईपीओ निष्कासन गर्न पाएका थिएनन् ।