स्थिर सरकार आयो, बजार ढल्यो: लगानीकर्ताको भरोसा किन टुट्यो ?
काठमाण्डौ । देशले स्थिर सरकार पाएको केही दिनमै नेपाली पूँजीबजारमा अप्रत्याशित गिरावट देखिएको छ। चैत १३ गते गठन भएको नयाँ सरकारसँगै लगानीकर्तामा आशा पलाएको भए पनि त्यो आशा दुई दिनमै निराशामा परिणत भएको छ।सरकार गठनपछि पहिलो कारोबार दिन चैत १५ गते नै सेयरबजार ७१.०५ अंकले घट्यो। त्यसको भोलिपल्ट सोमबार पनि बजार ४७.७१ अंकले ओरालो लाग्दै जम्मा दुई दिनमै १०० अंकभन्दा बढी गिरावट...

