शनिबार, जेष्ठ २,२०८३ 04:38:40
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:38:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सर्किट सीमा बढ्दा हलचल: ‘अकल्पनीय बर्बादी’को चेतावनी, निर्णयकर्तालाई बर्खास्त गर्न माग

छोटेलालको फरक धारणा, भन्छन्- 'बजारका लागि अहित गर्दैन'

Laxmi Sunrise Bank Limited
सर्किट सीमा बढ्दा हलचल: ‘अकल्पनीय बर्बादी’को चेतावनी, निर्णयकर्तालाई बर्खास्त गर्न माग
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सोमबार (बैशाख ७, २०८३)देखि लागू गर्न लागेको नयाँ सर्किट ब्रेकरसम्बन्धी व्यवस्थाले पूँजीबजारमा तीव्र बहस जन्माएको छ। 

हालसम्म १० प्रतिशतको सीमामा लागू हुँदै आएको सर्किट अब १५ प्रतिशतमा पुर्‍याइएपछि बजारमा एकातिर असन्तुष्टि चुलिएको छ भने अर्कातिर यसलाई 'बजारमैत्री सुधार'का रूपमा पनि व्याख्या गरिएको छ।

Bizshala
New Office
CG Motors

नेप्सेले नयाँ व्यवस्थाअनुसार ५ प्रतिशत र ८ प्रतिशतको अन्तरिम सर्किट सीमालाई कायम राख्दै अन्तिम सर्किटको सीमा १५ प्रतिशत पुर्‍याएको हो। यससँगै प्रि-ओपन सेसनमा मूल्य उतारचढावको अधिकतम दायरा विस्तार गरिएको छ भने दोश्रो बजारमा खरीदबिक्री आदेश प्रविष्ट गर्दा अपनाइने मूल्य सीमालाई पनि केही खुकुलो बनाइएको छ। नेप्सेको दाबी अनुसार यी परिवर्तनले बजारलाई थप गतिशील र लचिलो बनाउने तथा मूल्य निर्धारण प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

तर, यो निर्णयप्रति अग्रणी लगानीकर्ता तथा विश्लेषकहरूबाट कडा प्रतिक्रिया आउन थालेको छ। पूँजीबजार विश्लेषक तिलक कोइराला ले यस व्यवस्थालाई अपरिपक्व र अस्थिर बजारका लागि जोखिमपूर्ण भन्दै तत्काल रोक्न माग गरेका छन्। उनले सार्वजनिक बहस नै नगरी हतारमा ल्याइएको यस्तो निर्णयले बजारमा अराजकता निम्त्याउने चेतावनी दिएका छन्। कोइरालाले नयाँ व्यवस्था लागू भएमा साना तथा अनुभवहीन लगानीकर्ता सबैभन्दा बढी मारमा पर्ने दाबी गर्दै अझै कडा शब्दमा भनेका छन्, “८-१५ प्रतिशत सर्किटको नयाँ व्यवस्था तत्काल रोक, निर्णयकर्तालाई बर्खास्त गर, नत्र अकल्पनीय बर्बादीका लागि तयार बन।” उनका अनुसार यस्तो प्रावधानले मार्जिन कारोबार सुरु हुनुअघि नै त्यसलाई असफल बनाउने जोखिम पनि बढाउनेछ।

यसैगरी लगानीकर्ता नेता घनश्याम पाण्डेले पनि नियम संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले नेपालको पूँजीबजार अझै अपरिपक्व अवस्थामै रहेको उल्लेख गर्दै सीमित स्वार्थ समूहको प्रभावमा यस्तो निर्णय गरिएको आशंका व्यक्त गरेका छन्। पाण्डेका अनुसार कुनै एउटा समूहले बजारलाई आफूअनुकूल चलाउनसक्ने अवस्थाबीच यस्ता खुकुला नियम ल्याइनुले जोखिम झनै बढाउनेछ। उनले एकैदिनमा कुनै स्क्रिप्टमा माइनस र प्लस सर्किट दुबै लाग्दा मूल्य ३० प्रतिशतसम्म घटबढ हुन सक्ने सम्भावना औंल्याउँदै यसले बजारमा विश्वास बढाउनुको सट्टा अविश्वास पैदा गर्ने बताएका छन्। साथै, यस्तो संवेदनशील निर्णय सरोकारवालासँग व्यापक छलफल नगरी ल्याइएको भन्दै यसको तथ्यगत छानबिन हुनुपर्ने माग पनि उनले गरेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

यता, सबै लगानीकर्ता भने यस निर्णयको विरोधमा छैनन्। अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नयाँ व्यवस्थाले बजारमा आवश्यक लचिलोपन ल्याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार बारम्बार सर्किट लागेर कारोबार अवरुद्ध हुने अवस्थाले बजारको स्वाभाविक चालमा अवरोध पुर्‍याउँदै आएको थियो, जुन अब केही हदसम्म कम हुनेछ। उनले दीर्घकालमा यस्तो व्यवस्था बजारका लागि सकारात्मक सावित हुनसक्ने धारणा राखेका छन्।

नेप्सेको नयाँ सर्किट नियमले पूँजीबजारलाई थप स्वतन्त्र र चलायमान बनाउने उद्देश्य राखे पनि यसले एकैपटक उच्च उतारचढावको सम्भावना बढाउने भएकाले साना लगानीकर्तामा मनोवैज्ञानिक त्रास सिर्जना हुनसक्ने देखिन्छ। विशेषगरी नियामक निकायको निर्णय प्रक्रिया, पारदर्शिता र समय सान्दर्भिकतामाथि उठेका प्रश्नहरूले बजारमा विश्वासको संकट गहिरिनसक्ने संकेत देखिएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.