काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक टेक बहादुर बोहरालाई सञ्चालक समिति सदस्य पदबाट हटाइएको छ।
नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले वैशाख २८ गते जारी गरेको पत्रमार्फत दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (३) को खण्ड (ग) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको हो।
उक्त निर्देशनको कार्यान्वयन गर्दै संस्थाको वैशाख ३० गते बसेको सञ्चालक समितिको ३९१औँ बैठकले टेक बहादुर बोहरा अब संस्थाको सञ्चालक समिति सदस्य नरहेको निर्णय गरेको संस्थाले जनाएको छ।

