शुक्रबार, असार १९,२०८३ 08:48:35
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 08:48:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

Laxmi Sunrise Bank Limited
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकले गत असार १६ गतेदेखि निष्कासन गरेको कुल ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको हो ।

बैंकको उक्त ऋणपत्रमा मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने म्याद असार ३० गतेसम्मका लागि थप गरिएको हो । यसअघि उक्त ऋणपत्रमा असार १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

New Office
CG Motors
Garima Development Bank

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ‘प्राइम बैंक डिबेञ्चर २०९३’ जारी गरेको छ ।

निष्कासन गरिएको कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न लागिएको हो। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

१० वर्ष अवधिको यो ऋणपत्रको ब्याजरदर ६.२५ प्रतिशत रहनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। बैंकले नेपाल धितोपत्र बोर्डबाट असार ३ गते ऋणपत्र निष्कासनका लागि अनुमति प्राप्त गरेको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.