ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एनएमबि बैंकले दियो सेबोनमा आवेदन
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले १ हजार अंकित दरका ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता भएको ‘ एनएमबी पावर बोन्ड वान’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै वैशाख ११ गते आवेदन दिएको हो ।