आईतवार, जेष्ठ ३,२०८३ 01:53:45
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:53:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

Laxmi Sunrise Bank Limited
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । गत वैशाख ७ गतेदेखि निष्काशित बैंकको ऋणपत्रमा वैशाख १० गतेसम्म आवेदन दिन सकिने जनाइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले यो ऋणपत्रमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बाइएको छ ।  

तर यसबीचमा मागभन्दा बढी आवेदन प्राप्त भएमा भने वैशाख २१ गते अघिपनि ऋणपत्र निष्कासन बन्द गरिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको ७ वर्षे अवधिको ‘‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.