काठमाण्डौ । मंगलबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद माग गरिएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा प्रिमियर सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र ओपल सेक्युरिटिज रहेका छन् ।
सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज ४१ करोड ९५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४१.९६ प्रतिशत सेयर खरिद भएको छ भने ५८.०४ प्रतिशत सेयर बिक्री भएको छ ।


