मंगलवार, असार १६,२०८३ 03:33:21
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:33:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डाउ जोन्स सूचकांकमा समावेश भएसँगै अल्फाबेटको सेयर मूल्यमा उछाल

Laxmi Sunrise Bank Limited
डाउ जोन्स सूचकांकमा समावेश भएसँगै अल्फाबेटको सेयर मूल्यमा उछाल

काठमाण्डौ । गुगलको माउ कम्पनी अल्फाबेटको सेयर सोमबार करिब ४ प्रतिशतले बढेको छ। कम्पनी आधिकारिक रूपमा अमेरिकी प्रतिष्ठित डाउ जोन्स इन्डस्ट्रियल एभरेज सूचकांकमा समावेश भएसँगै कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको हो। यससँगै अल्फाबेटले दूरसञ्चार कम्पनी भेरिजोनलाई प्रतिस्थापन गरेको छ।

यद्यपि डाउ जोन्समा समावेश हुनु कम्पनीका लागि प्रतिष्ठाको विषय मानिए पनि यसको प्रत्यक्ष वित्तीय प्रभाव सीमित रहने विश्लेषकहरूको भनाइ छ। अल्फाबेट यसअघि नै एस एन्ड पी ५०० र नास्डाक–१०० जस्ता प्रमुख सूचकांकमा समावेश भएकाले यस परिवर्तनका कारण ठूलो मात्रामा नयाँ लगानी भित्रिने सम्भावना कम रहेको बताइएको छ।

New Office
CG Motors
Garima Development Bank

सोमबारको वृद्धिका बाबजुद अल्फाबेटको सेयर पछिल्ला केही सातादेखि दबाबमा रहेको छ। कम्पनीको एआईसम्बन्धी उच्च लगानीबाट अपेक्षित प्रतिफल कहिले प्राप्त हुन्छ भन्ने विषयमा लगानीकर्ताहरू अझै आश्वस्त हुन सकेका छैनन्।

बजारमा चिनियाँ एआई मोडलहरूको बढ्दो प्रतिस्पर्धा, प्रतिभाशाली अनुसन्धानकर्ताहरू प्रतिस्पर्धी कम्पनीतर्फ आकर्षित हुनु तथा कम्प्युटिङ क्षमतासम्बन्धी चुनौतीले पनि अल्फाबेटमाथि दबाब बढाएको विश्लेषण गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, एआई पूर्वाधार विस्तारका लागि कम्पनीले ठूलो परिमाणमा पूँजी खर्च गरिरहेको र यसले नगद व्यवस्थापनमा दबाब सिर्जना गरेको समाचारमा उल्लेख गरिएको छ। विश्लेषकहरूका अनुसार आगामी दिनमा अल्फाबेटको एआई रणनीतिले अपेक्षित व्यावसायिक प्रतिफल दिन सके वा नसके भन्ने विषय नै कम्पनीको शेयर प्रदर्शनको प्रमुख आधार बन्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.