मंगलवार, असार १६,२०८३ 04:49:30
Bizshala
  • मंगलवार, असार १६,२०८३ 04:49:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालीमाटी तरकारी बजारको रायो सागमा भेटियो अत्यधिक विषादी

Laxmi Sunrise Bank Limited
कालीमाटी तरकारी बजारको रायो सागमा  भेटियो अत्यधिक विषादी

काडमाण्डौ । देशकै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा राखिएको  रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

उपत्यकाको भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट  मंगलबार कालीमाटी बजारमा बिक्रिकालागि ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत अर्गानोफस्फेट नामको विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।

New Office
CG Motors
Garima Development Bank

केन्द्रीय कृषि प्रयोगशालाले गएको शुक्रबार कालीमाटी तरकारी बजारका १२ तरकारी पसलको १२ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण गर्ने क्रममा रायो सागमा अत्याधिक मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोगकालागि अयोग्य रहेको जनाइएको छ ।

नेपाल सरकारले रोकावट प्रतिशत दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाइएको छ ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिने गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै १२ असारमा पनि धादिङ, मकवानपुर र सल्यानबाट आएका लौका, काउली र आलुमा अत्यधिक विषादी भेटिएको थियो । विषादी परीक्षणका क्रममा धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५१ प्रतिशत, सल्यानबाट ल्याइएको आलुमा ६६.९९ प्रतिशत र  मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा ६४.५४ प्रतिशत विषादी पाइएको थियो ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.