कालीमाटी तरकारी बजारको रायो सागमा भेटियो अत्यधिक विषादी
काडमाण्डौ । देशकै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा राखिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।उपत्यकाको भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट मंगलबार कालीमाटी बजारमा बिक्रिकालागि ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत अर्गानोफस्फेट नामको विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।

