काठमाण्डौ । दईवटा वाणिज्य बैंकले ऋणपत्र निष्कासनको अनुमति पाएका छन् । नेपाल एसबिआई बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासका लागि नेपाल धितोपत्र बोर्ड.सेबोन)बाट अनुमति पाएका हुन् ।
नेपाल एसबिआई बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘नेपाल एसबिआई डिबेञ्चर २०९०’ नामक ऋणपत्र निष्कासनको स्वीकृती पाएको छ ।
कुल निष्कासमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी १२ लाख कित्ता (सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले रु. एक ह जार अंकित दरका १ अर्ब रुपैयाँबराबरको १० लाख भएको साइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको छ । जसमध्ये कम्पनीले ६ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४ लाख सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ । कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।