बिहीबार, असार १८,२०८३ 07:47:52
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:47:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

Laxmi Sunrise Bank Limited
राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाण्डौ । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा डे’ का रूपमा मनाउँदै आएको छ। यो दिन यामाहाको इन्जिनियरिङ उत्कृष्टता, मोटरस्पोर्ट्समा गरेको योगदान र गतिशीलताको यात्रालाई सम्मान गर्ने गरिन्छ। यस वर्षको आफ्नो ७१औँ वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले नेपालका सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गर्दै ग्राहक, कर्मचारी, डिलर तथा आफ्नो फराकिलो समुदायलाई एकै ठाउँमा ल्याएर सात दशकभन्दा लामो विश्वास, प्रदर्शन र नवप्रवर्तनको यात्रालाई स्मरण गरेको छ।

यस उत्सवको सुरुवात देशभर रहेका यामाहा नेपालका शोरुम, डिलरशिप र कम्पनीद्वारा सञ्चालित आउटलेटहरूमा एकैसाथ उद्घाटन तथा केक काट्ने कार्यक्रममार्फत गरिएको थियो। यस अवसरमा यामाहा नेपालले कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा पुर्‍याएका आफ्ना कर्मचारीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको छ। नेपालभरका १०० भन्दा बढी डिलरहरूले डिजिटल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए। साथै, यामाहा मोटर इण्डियाको डिजिटल उपस्थितिले समारोहलाई अझ विशेष बनाएको थियो।

New Office
CG Motors
Garima Development Bank

वार्षिकोत्सवको अवसरमा यामाहाले आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा विशेष अफरहरू पनि ल्याएको थियो। देशभरका सेवा केन्द्रहरूमा सबै ग्राहकलाई लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको थियो। यसै अन्तर्गत ‘७ प्रदेश, ७ ग्राहक’ अभियान सञ्चालन गरी प्रत्येक प्रदेशबाट एक(एक जना भाग्यशाली ग्राहकलाई सर्भिस चार्जमा १०० प्रतिशत क्यासब्याक प्रदान गरिएको थियो। साथै, जुलाई १ मा मोटरसाइकल डेलिभरी लिने ग्राहकलाई धन्यवादस्वरूप विशेष वार्षिकोत्सव चकलेट पनि प्रदान गरिएको थियो।

सामाजिक सेवाको भावना अनुरूप यामाहाले देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। सुदूरपश्चिमको धनगढी, गण्डकीको पोखरा, बागमतीको नक्साल र गट्ठाघर, नारायणीको भरतपुर, जनकपुरको बर्दिबास तथा कोशीको इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो। नेपालका प्रमुख शहरस्थित ७ शोरुममार्फत सञ्चालन गरिएको यस अभियानबाट करिब ३५० युनिट रगत संकलन गरिएको थियो। यसैगरी, विराटनगरस्थित आफ्नो प्लान्टमा यामाहा नेपालले वृक्षारोपण कार्यक्रम पनि आयोजना गरेको थियो।

यामाहा पर्साले पनि ‘यामाहा डे’ को सामाजिक उत्तरदायित्व कार्यक्रमलाई भव्य रूपमा मनाएको छ। यस अवसरमा यामाहा पर्साले खैरहनीस्थित धर्मेश्वर आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ७ सम्म अध्ययनरत ७ जना विपन्न बालबालिकाको शैक्षिक जिम्मेवारी आधिकारिक रूपमा लिँदै उनीहरूको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसैगरी, १६ वर्षदेखि ४० वर्षसम्म निरन्तर यामाहा सवारीसाधन प्रयोग गर्दै आएका ६ जना पुराना ग्राहकलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, यामाहा मोटरसाइकलमा १ लाखदेखि २ लाख किलोमिटरसम्मको लामो यात्रा तय गरेका ५ जना राइडरहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। यस अवसरमा पूर्वी चितवनमा प्रि–ओन्ड (सेकेन्ड ह्यान्ड) सवारी व्यवसायको सुरुवात गर्ने एक जना उद्यमी तथा विगत ३२ वर्षदेखि निरन्तर रूपमा यस व्यवसायमा सक्रिय तीन जना मेकानिकहरूलाई पनि उनीहरूको अथक योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

यस अवसरमा  MAW राइड्स प्रालिका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले भने, ‘आजको दिनमा यामाहा नेपालभरका ४०० परिवारको रोजगारीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएको छ, र यो हाम्रो लागि गौरव सहितको जिम्मेवारी हो। ७१ वर्षको यात्रामा हाम्रा डिलरहरूले हरेक मोड र परिस्थितिमा हामीलाई साथ दिनुभएको छ। यसका लागि हामी उहाँहरूप्रति आभारी छौँ। ट्राफिक सचेतना अभियानदेखि परोपकारी कार्य, रक्तदानदेखि वृक्षारोपणसम्म, आज हामीले गरेका हरेक काममा यामाहाको मूल भावना झल्किएको छ। यामाहा भनेको समुदायसँगै अघि बढ्ने ब्रान्ड हो।’

यस प्रतिबद्धतालाई व्यवहारमा उतार्दै यामाहा नेपालले काठमाडौंको व्यस्त ट्राफिक समयमा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउन काठमाण्डौ प्रहरीसँग सहकार्य गर्दै सडक सुरक्षा सचेतना फैलाएको थियो। साथै, कम्पनीको लेगेसी राइडिङ कम्युनिटी ब्लू स्ट्रिक्सले काठमाडौंको बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होम बालगृहमा परोपकारी राइडको आयोजना गरेको थियो।

७१ वर्षको ऐतिहासिक यात्राको अवसरमा यामाहाका नेपालस्थित ब्रान्ड एम्बेसडर अनुप बिक्रम शाहीले पनि यामाहा परिवारलाई शुभकामना व्यक्त गर्दै ब्रान्ड र राइडरबीचको सम्बन्धलाई थप सुदृढ बनाउनु भएको थियो। यसै अवसरमा ग्लोबल चेयरम्यान सिटारा सान तथा जापानका प्रतिनिधिहरूले पनि यामाहा नेपालको ७१ वर्षको उपलब्धिमा शुभकामना व्यक्त गर्दै यामाहाले निर्माण गरेको दीर्घकालीन विरासतको स्मरण गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.