शनिबार, जेष्ठ २,२०८३ 09:34:44
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:34:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कुल ६ मिनेटमा ६% बढेपछि नेप्से बन्द, एमालेसहितको सत्ता समीकरणले लगानीकर्तामा उत्साह

Laxmi Sunrise Bank Limited
कुल ६ मिनेटमा ६% बढेपछि नेप्से बन्द, एमालेसहितको सत्ता समीकरणले लगानीकर्तामा उत्साह
Shivam Cement

काठमाण्डौ । बजारमैत्री सरकार र अर्थमन्त्री आउने विश्वासले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजार सोमबार केही मिनेट मात्र खुलेर बन्द भएको छ ।  

नेप्से परिसूचक ११७.७० अंक(६ प्रतिशत)ले बढेर २०७८ को विन्दूमा बन्द भएको हो ।  

लगानीकर्तामा उत्साह देखिँदा बजार खुलेदेखि नै नेप्से परिसूचकमा एकपछि अर्को पोजिटिभ सर्किट लागेको थियो । कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि पहिलो सर्किट ब्रेकर लगाइएको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 

Bizshala
New Office
CG Motors

त्यसपछि खुलेको बजारमा १ मिनेटमै ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि दोश्रो सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।  

त्यसपछि खुलेको बजार तल झर्न मानेन । उछालको गति उस्तै रहेका कारण दोश्रो सर्किट ब्रेकर लगाई खुलेको एक मिनेटमै नेप्से परिसूचक ६ प्रतिशतले बढ्यो । फलस्वरुप नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले सोमबारका लागि कारोबार स्थगन गरिदिएको हो ।  

यसरी हेर्दा सोमबार बजारमा ६ मिनेट पनि कुल कारोबार हुन पाएन ।  

नेप्सेमा कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेटका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

दोस्रो पटक ५ प्रतिशतले घटबढ भए बजार ४० मिनेटका लागि स्थगन हुन्छ भने तेस्रो पटक ६ प्रतिशतले बजार भटबढ भए दिनभरका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

के-के भयो बजारमा ?

छोटो समयका लागि कारोबार भएको आजको बजारमा कुल २३२ कम्पनीको सेयर कारोबार भएको थियो । कारोबारमा आएका कम्पनीमध्ये २३० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २ वटाको मात्र खटेको छ ।  

छोटो समय मात्र चलेको बजारमा ३७ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको छ ।  

यो दिन ३२ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको तथा सर्किट लेभलमा मूल्य पुगेको छ ।  

जलविद्युत उपसमूहमा ८ प्रतिशत हाराहारीको उछाल आएको छ । बैंकिंग समूहमा ६ प्रतिशत, विकास बैंक समूहमा ६.४१ प्रतिशत, जीवन बीमा, लगानी तथा वित्त समूहमा पनि ६ प्रतिशत बढीको उछाल आएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.