शुक्रबार, असार १९,२०८३ 07:39:48
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 07:39:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

Ground Zero: सुन बेचेर सेयर किन्ने कि ? सामाजिक सञ्जालमा लगानीकर्ताको बहस

Laxmi Sunrise Bank Limited
Ground Zero: सुन बेचेर सेयर किन्ने कि ? सामाजिक सञ्जालमा लगानीकर्ताको बहस

काठमाण्डौ । तिहारको चहलपहल चलिरहँदा सेयर बजारमा पनि लगानीकर्ताहरूको उत्साह देखिएको छ। ‘ग्राउण्ड जिरो’ को यो अंकमा हामीले सामाजिक सञ्जालमार्फत लगानीकर्ताहरूको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं, किनकि तिहारका कारण ब्रोकर हाउसहरूमा चहलपहल कम भएको छ।

New Office
CG Motors
Garima Development Bank

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढ्यो, र केही समयमै दोहोरो अंकको उछाल देखियो। फेसबुकका सेयर बजारसम्बन्धी ग्रुपहरू, जस्तै ६ लाखभन्दा बढी सदस्य भएको ‘नेपाल सेयर मार्केट’ र साढे दुई लाख सदस्य भएको ‘सेयर मार्केट अफ नेपाल’ मा लगानीकर्ताहरूले मिश्रित धारणा व्यक्त गरे।

‘नेपाल सेयर मार्केट’ ग्रुपमा ‘ब्रिस्क बुल’ नामका एक लगानीकर्ताले लेखे, “हिजो सुन बेचेँ, आज बजार बढ्यो। कुन स्टकमा लगानी गरौं?” उनको यो पोस्टमा अर्का लगानीकर्ताले सुनमै लगानी सुरक्षित भएको र सेयर बजारमा भरोसा नभएको जवाफ दिए। 

अर्का लगानीकर्ता हरिस सिं भण्डारीले ‘आज छुटाउनै नहुने स्टक’ भन्दै गरेको पोस्टमा धेरैले हिमालयन डिष्टिलरी र हिमालयन रि-इन्स्योरेन्सको सेयर सुझाए।

‘सेयर मार्केट अफ नेपाल’ ग्रुपमा महेश भाटले लेखे, “स्मार्ट लगानीकर्ताले सेयर किनिरहेका छन्। छठपछि बजार बुम हुन्छ, नेप्से ९००० पुग्छ!” 

उनको यो आशावादी पोस्टलाई कतिपयले मजाकमा उडाए। 

युवराज थापाले “बजारमा छिरेको कति भयो?” भन्दै व्यंग्य गरे भने गणेश दत्त भाटले “नेप्से २५८० माथि स्थिर भए पनि ठीक हुन्छ” भन्ने धारणा राखे। पछि भाटले फेरि लेखे, “सुनचाँदीको भाउ घट्दा नेप्सेमा उछाल आउने सम्भावना छ, बुम ९०००!” तर, प्रताप संगम बोहराले “हामीलाई ३००० को कुरा गरेर मख्ख पार्नुस्, ९००० को भ्रम नछरौं” भन्दै प्रतिक्रिया दिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयर हब ग्रुपमा सौरभ कार्कीले हाइड्रो, वाणिज्य बैंक, र विकास बैंक सेक्टरमा सम्भावना देखिएको बताए। 

यस्तै, एनबी इन्टरटेनमेन्ट्स नामका लगानीकर्ताले सुनको भाउ घटेसँगै नेप्से उकालो लाग्ने आशा व्यक्त गरे, जसमा मिश्रित प्रतिक्रिया आए। कतिपयले सुन र सेयर दुवैमा विश्वास नभएको बताए।

दिउँसो साढे १ बजेसम्म नेप्से सामान्य अंकले बढिरह्यो। लगानीकर्ताहरूले आफूसँग भएका स्टकका नाम पोस्ट गरिरहेका थिए भने कतिपयले सुझाव मागिरहेका थिए। 

गौतम अधिकारीले मुक्तिनाथ विकास बैंक, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, बलेफी हाइड्रोपावर, र अप्पर तामाकोशीको सेयर किन्न सुझाए। एलआर अवस्थीले फर्स्ट माइक्रोफाइनान्स लघुवित्तमा ‘खेलाडी’ सक्रिय भएको र यसमा अवसर रहेको बताए।

लाभांश सिजनको चर्चा पनि जोडतोडले चल्यो। अशोक लिम्बुले शिवश्री हाइड्रोपावरको ७.५ प्रतिशत लाभांशको कुरा उठाए, तर कतिपयले कम्पनीमा ‘खेलाडी’ छिरिसकेको टिप्पणी गरे। 

अर्का लगानीकर्ता रामशरण अधिकारीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वर्षौंदेखि लाभांश नदिएको गुनासो गरे। जीवन कोजुले सीइओहरूले करोडौं तलब लिइरहेको तर सेयरहोल्डरले लाभांश नपाएको आक्रोश पोखे। 

सुशान्त बिक्रम रानाले हिमालयन बैंकले पनि लाभांश नदिएको बताए।

तिहारको रौनकमा सेयर बजारमा देखिएको यो उत्साह र सामाजिक सञ्जालको चहलपहलले लगानीकर्ताहरूमा बजारप्रति आशा र सतर्कता दुवै झल्किएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.