शुक्रबार, असार १९,२०८३ 07:40:45
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 07:40:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्–‘तीनहजारको सेयर बढेर तीन लाखको भयो, अब छिट्टै करोडपति !’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्–‘तीनहजारको सेयर बढेर तीन लाखको भयो, अब छिट्टै करोडपति !’

काठमाण्डौ । आज साताको पहिलो दिन आइतबार भोटो जात्राको कारण सेयर बजार बन्द रह्यो ।

आज हामीले साप्ताहिक स्तम्भ ‘ग्राउण्ड जिरो’लाई सामाजिक सञ्जालमा केन्द्रीत गरेका छौं ।  

बजार लगातार तीनदिन बन्द रहेका कारण लगानीकर्ताहरु केही फुर्सद निकालेर राजधानीबाट बाहिर गएको देखिन्छ । केही लगानीकर्ता भने बढ्दो बजारमा लामो समय बजार बन्द रहेकोमा रुष्ट देखिन्छन् । काठमाण्डौमा विदा हुँदा देशैभरको सेयर बजार बन्द हुनुमा केही लगानीकर्ताहरुले सामाजिक सञ्जालमा असन्तुष्टि पनि जनाएका छन् । कतिपयले त नेपाल स्टक एक्सचेञ्जको नाम फेरेर काठमाण्डू स्टक एक्सचेञ्ज राख्न समेत सामाजिक सञ्जालबाटै सुझाव समेत दिएका देखियो । 

New Office
CG Motors
Garima Development Bank

केही लगानीकर्ता लगातार बढिरहेको बजार अब के होला ? भनेर जिज्ञासा राखेको पाइयो । सामाजिक सञ्जालमा नै अर्का एक लगानीकर्ता ठट्यौली पारामा भन्छन् -'अहिले सेयर बजारमा बालकोटको घण्टी बजेको छ । सेयर बजारमा नयाँ लगानीकर्ताहरु सुनको सिक्री भिरेर बजार छिरेका छन् रे । अझै बजार राम्रै बढ्ला जस्तो छ ।' 

उनलाई जबाफ दिँदै अर्का लगानीकर्ताले भने-'बिचार गरौं है साथीहरु, सेयर बजारमा किन्न सबैले सिकाउँछ । बेच्न कसैले सिकाउँदैन ।'  

सामाजिक सञ्जालमा एक लगानीकर्ताले भने-' बजारमा मुख्य विषय भनेको ट्रेन्ड नै रहेछ । मैले त सस्तो भनेर एचआइडीसीएल किनियो, के गरौंजस्तो लागेको छ ? उनलाई जवाफ दिँदै एक लगानीकर्ताले यसको प्रमोटर सेयर त आईपीओको मूल्यमा नै रहेको छ । यो बजारमा केही कम्पनी होल्ड गर्न, केही खेलोफड्को गर्न किन्नुपर्ने रहेछ । टाइमिङ पनि मिलाउनुपर्ने रहेछ ।'  

उनलाई पनि जवाफ दिंदै अर्का लगानीकर्ता अगाडि भन्छन्-'अहिले जस्तोसुकै कम्पनीमा पैसा हाले पनि सेयर किन्ने समय हो । तर सधैं यस्तो भने हुँदैन । सेयर बजारमा समय नै बलवान फ्याक्टर हो ।'  

क्लब हाउसमा एकजना लगानीकर्ताले सोधे-'भोलिको बजार के होला ? त्यो एनएफएस भन्ने कम्पनीको सेयरमूल्य के होला ?'  

जवाफमा अर्का लगानीकर्ता भन्छन् -'सधैं बजार बन्द हुनै लाग्दा केही सेकेण्डअघि सर्किट लाग्थ्यो, भोलि सुरुदेखि नै खेलाडीले पावर देखाउन सर्किट लाग्ला ।'  

क्लबहाउसमा नै एक लगानीकर्ताले 'त्यो इमर्जिङ नेपाल र नेपाल वेयर हाउजिङ कम्पनी कस्तो होला साथीहरु' भनेर सोधे । उनले थप सोधे-'अब कुन क्षेत्रमा पस्दा होला नि, अनुमान गरौं त साथीहरु । जवाफमा अर्का एक लगानीकर्ताले इन्स्योरेन्स र उत्पादन समूहतर्फ नजर घुमाउन सल्लाह दिए । सबैभन्दा कम बढेको लाइफ इन्स्योरेन्स छ ।'

क्लब हाउसमा नै एक लगानीकर्ताले भने-'पहिले त सेयर बजार भनेपछि घरका परिवारले पनि पत्याउँदैनथे । अब त आफन्त पनि पैसा दिन तयार छन्  । समाचार सुनेछन् क्यारे, अब त बल्ला पैसा दिन थाले ।'  

क्लब हाउसमा नै एक लगानीकर्ताले भने-'मेरो साथीले हाथीको सेयर ३ हजार रुपैयाँमा आइपीओ नै पारेर राखेको रहेछ, अहिले त तीनलाखको भयो रे । सेयर बजारले त करोडपति नै बनाउँछ जस्तो छ ।'  

क्लबहाउसमा नै एक महिला लगानीकर्ताले भनिन् -'ह्याप्पी फ्रेन्डसिप डे है साथीहरु । बजार बुम बुम !'  

कोरियाबाट एक लगानीकर्ताले उनलाई जबाफ दिँदै भन्छन्-' हामी त यहाँ साहूको आँखा छलेर सेयर बजारमा लागेका छौं । हामीलाई पनि सेयर बजारबाट प्रशस्त कमाउने सीप सिकाउनुपर्यो है ।'  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.