मंगलवार, जेष्ठ ५,२०८३ 09:26:40
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:26:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चुनावअघिको बजार बन्नसक्छ नयाँ बुलको बिऊ, एउटै पार्टीको बहुमत आए रकेट झै उड्नसक्छ नेप्से !

Laxmi Sunrise Bank Limited
चुनावअघिको बजार बन्नसक्छ नयाँ बुलको बिऊ, एउटै पार्टीको बहुमत आए रकेट झै उड्नसक्छ नेप्से !
Shivam Cement

काठमाण्डौ । देश यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको चपेटामा छ । चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरू प्रचार–प्रसारमा व्यस्त छन् भने अर्कोतर्फ पूँजीबजारमा एक किसिमको नयाँ अपेक्षा पलाउन थालेको छ । “चुनावअघि नै बजारले नयाँ बुलको आधार तयार गरिरहेको हो कि?” भन्ने प्रश्न अहिले सेयर लगानीकर्ताबीच चासोको केन्द्र बनेको छ ।

चुनाव हुने लगभग निश्चित भएसँगै पछिल्लो समय लगानीकर्ताको मनोबलमा सुधार देखिन थालेको छ । जेनजी आन्दोलनपछि दबिएको बजार भावना चुनावी माहोल तातेसँगै बिस्तारै खुल्दै गएको अनुभवी लगानीकर्ताहरू बताउँछन् । अबको सरकार कस्तो बन्ला, कस्ता आर्थिक तथा पूँजीबजारमैत्री नीतिहरू आउलान् भन्ने अपेक्षाले बजारमा पुनः उत्साह थपिएको देखिन्छ ।

Bizshala
New Office
CG Motors

अनुभवी लगानीकर्ताहरूको बुझाइमा, चुनावपछि यदि राजनीतिक स्थिरता कायम भई कार्यक्षम सरकार गठन भयो भने त्यसको प्रत्यक्ष प्रभाव आर्थिक सूचक र पूँजीबजारमा पर्नेछ । यस्तो अवस्थामा सेयरबजारले नयाँ फड्को मार्ने सम्भावना बलियो रहेको उनीहरूको अनुमान छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालका अनुसार बजार लामो समयदेखि साइडवेजमा अल्झिनुको मुख्य कारण नै राजनीतिक अन्यौल र चुनावी अनिश्चितता हो ।
उनका शब्दमा, “चुनावपछि कसको सरकार बन्छ भन्ने यकिन त छैन, तर स्थिर सरकार बन्यो र राजनीतिक वातावरण सकारात्मक बन्यो भने पूँजीबजारले लय समात्छ । अहिले चुनाव निश्चित भएपछि लगानीकर्ताको आत्मविश्वास बढेको देखिन्छ । यदि अपेक्षाअनुसार स्थिर सरकार बन्यो भने बजारमा बुल आउनु अस्वाभाविक हुँदैन, नेप्सेले नयाँ उचाइ लिनसक्छ ।”

Garima Development Bank
Shivam Cement
IME remit

उनले पछिल्लो समय नेप्से २६ सय वरपर घुमिरहनुमा जेनजी आन्दोलनपछिको मनोवैज्ञानिक दबाब प्रमुख कारण भएको उल्लेख गर्दै अब त्यो अवस्था क्रमशः हट्दै गएको बताए । राजनीतिक संकेतहरू सकारात्मक हुँदै गएका र राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत बैंकहरुलाई पनि डे टु डे कारोबार गर्न मिल्ने व्यवस्था मिलाएमा बजारलाई थप गति मिल्ने उनको विश्लेषण छ ।

तर सबैको दृष्टिकोण यति आशावादी भने छैन । अर्थशास्त्री तथा सेयरविज्ञ सूर्यनारायण पौडेल चुनावपछिको राजनीतिक समीकरण नै अझै अन्यौलपूर्ण रहेको बताउँछन् ।
उनका अनुसार, “अहिले कुनै पनि पार्टीले एकल बहुमत ल्याउने संकेत देखिँदैन । त्यसैले सरकार स्थिर बन्छ वा बन्दैन भन्ने निश्चितता छैन । यस्तो अवस्थामा बजारले तत्कालै नयाँ उचाइ लिन्छ भनेर ठोकुवा गर्न सकिँदैन ।”

उनले राजनीतिक स्थिरता नभएसम्म पूँजीबजारले दीगो लय लिन गाह्रो हुने तर्क गरे । सेयरबजारमा मनोवैज्ञानिक पक्षले ठूलो भूमिका खेल्ने भएकाले लगानीकर्ताको भरोसा जित्न स्थिर र स्पष्ट दिशाको सरकार अपरिहार्य हुने उनको भनाइ छ ।
“यदि एउटै पार्टीको बहुमत आएर स्थिर सरकार बन्यो भने पूँजीबजारका लागि त्यो अत्यन्तै अनुकूल अवस्था हुनेछ,” उनी भन्छन्, “बहुमत नआए पनि सहकार्यमा बनेको सरकार दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित भयो भने अर्थतन्त्र र सेयरबजार दुवैलाई सकारात्मक असर पर्नसक्छ ।”

समग्रमा हेर्दा, चुनावी माहोलले बजारमा आशाको नयाँ झिल्को त जगाएको छ । तर त्यो आशा दीगो बुलमा रूपान्तरण हुन्छ कि हुँदैन भन्ने कुरा अन्ततः चुनावपछिको राजनीतिक स्थिरता, सरकारको कार्यक्षमता र नीतिगत स्पष्टतामै निर्भर रहने देखिन्छ।

यदि फागुन २१ को निर्वाचनमा कुनै एउटा दलको एकल बहुमत आयो वा दुई दल मिलेर बनेको सरकारले राम्रो आर्थिक नीति लियो भने चुनावअघिको ४ कारोबार दिन कित्ता थप्नेहरुका लागि स्वर्ण समय पनि साबित भइदिनसक्छ । त्यसका लागि बजारमा सेयर किन्दा वा बिक्री गर्दा कम्पनी विशेषको अध्ययन भने आफैंले गरेर मात्र निर्णय लिनुपर्ने हुन्छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.