शनिबार, जेष्ठ २,२०८३ 05:59:21
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:59:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दैनिक कारोबारले नयाँ रेकर्ड बनाएपछि नेप्सेमा खुशियाली, सीईओले मिठाई बाँडे

Laxmi Sunrise Bank Limited
दैनिक कारोबारले नयाँ रेकर्ड बनाएपछि नेप्सेमा खुशियाली, सीईओले मिठाई बाँडे
Shivam Cement

काठमाण्डौ । करिब ३ वर्षपछि सेयर बजारमा कारोबारको पुरानो रेकर्ड तोडिएसँगै लगानीकर्ता र नियामकमै पनि खुशियाली छाएको छ ।

आज सेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाख माथिको रेकर्ड स्तरको कारोबार भयो । यति धेरै कारोबार यसअघि कहिल्यै भएको थिएन । नेप्सेमा यसअघि सन् २०२१ जुलाई १५ दिनका लागि २१ अर्ब ६४ करोड ७६ लाखको कारोबार भएको थियो । यो पुरानो रेकर्डलाई ब्रेक गर्दै आज इतिहासमै सबैभन्दा बढी कारोबार भएको हो । 

Bizshala
New Office
CG Motors

रेकर्ड स्तरमा कारोबार भएको खुशियालीमा लगानीकर्ताहरुले विभिन्न ब्रोकर हाउसहरुमा केक काटेर खुशी मनाएका छन् ।  

उता, बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेमा पनि खुशियाली मनाइएको छ ।  

नेप्सेमा आज रेकर्ड स्तरमा कारोबार भएको खुशियालीमा लड्डू बाँडिएको एक कर्मचारीले जानकारी दिए ।  

नेप्सेमा रेकर्ड स्तरमा कारोबार वा नेप्से परिसूचक अलटाइम हाईमा पुग्दा लड्डू र मिठाई बाँडेर खुशी साटासाट गर्ने चलन छ । यसअघि नेप्सेले अलटाइम हाईको विन्दू चुम्दा समेत तत्कालीन सीइओ चन्द्रसिंह साउदले कर्मचारीलाई लड्डू बाँडेर खुशियाली मनाइदिएका थिए ।  

नेप्सेका हालका सीईओ कृष्णबहादुर कार्कीले समेत बुधबार समेत कर्मचारीलाई लड्डू बाँडेर खुशियाली मनाइदिए । सो क्रममा नेप्सेका उच्च अधिकारीबीच बजार परिसूचकले चाँडै अलटाईम हाई ब्रेक गर्ने सम्भावनाको विषयमा समेत कुराकानी भएको थियो ।  

सीईओ कार्कीले नेप्सेले बनाएको भरपर्दो कारोबार सिस्टमका कारण २२ अर्ब हाराहारीमा एकैदिन कारोबार हुन सम्भव भएको भन्दै यसका लागि काममा अहोरात्र खटिने कर्मचारी र कारोबारमा सक्रिय सहभागिता जनाउने लगानीकर्ताप्रति आभार समेत प्रकट गरेका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.