शनिबार, जेष्ठ २,२०८३ 12:31:44
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 12:31:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आगामी साता नेप्से २०६० बाट तल खस्यो भने १०० अंकको करेक्सन आउनसक्ने(प्राविधिक विश्लेषण)

Laxmi Sunrise Bank Limited
आगामी साता नेप्से २०६० बाट तल खस्यो भने १०० अंकको करेक्सन आउनसक्ने(प्राविधिक विश्लेषण)
Shivam Cement

काठमाण्डौ । यो साता  सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन बढ्यो भने १ दिन घट्यो ।  

अघिल्लो साता २०६७.०१ मा बन्द भएको बजार यो साता २०९६.३२ मा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा २९.३१ अंकले बढोत्तरी भयो । अघिल्लो साता भने बजार १७  अंकले घटेको थियो ।  

यो साता दोस्रो बजारमा १४.३० अर्बको कारोबार भयो । अघिल्लो साता भने दोस्रो बजारमा २३.४२ अर्बको कारोबार भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक बढ्यो भने सेयर कारोबार घट्यो । 

Bizshala
New Office
CG Motors

यो साता बजार पूँजीकरण ३२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । यस्तो बजार पूँजीकरण अघिल्लो साता ३२ खर्ब ४८ अर्ब रुपैयाँ थियो । यस हिसाबले यो साता २९.३१ अंकले बजार बढ्दा बजार पूँजीकरण ४७ अर्बले बढ्यो अर्थात लगानीकर्ताको सम्पत्ति ४७ अर्बले बढ्यो ।  

प्राविधिक पक्ष 

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन ।  त्यस्ता डिग्रीहरु साना ठूला गरेर  एकदिनदेखि एकसय बर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक फरक वेभ हुन्छन भने तल जान ३ वेभ हुन्छन् । माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सी ले मूल्य तथा सूचक तल जाने संकेत गर्छ ।

इलिअट वेभमार्फत हेर्दा यो साता पनि बजारमा अघिल्लो साता जस्तै इलिअट वेभको सानो समय अवधिको एबीसी चक्र नै चलेको देखिन्छ । खासगरी यो साता वेभ सीको नै सम्भावना बढी देखिन्छ । यो भनेको बजार करिब करिब एक तहको बटम लेभलमा आएको छ भन्ने हो । तर सामान्य अवस्थामा  वेभ सीमा बजारको करेक्सन १९९० आसपाससम्म हुने हो ।  

तर यो साता बजारले २०६० मा सपोर्ट लिएर २०९६ को विन्दुमा बन्द भएको छ ।  बजारलाई डाउ थेउरीमार्फत नियाल्दा पनि बजारले २१२१ को विन्दु भन्दा माथि गएर नयाँ हाएर हाई बनाउन पनि सकेको अबस्था छैन । २०६०  भन्दा तल खसेर नयाँ लोअर लो पनि बनाउन सकेको अबस्था पनि छैन ।  

बजारलाई इलिअट वेभ र डाउ थेउरी दुबै माध्यमबाट हेर्दा यो सात बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका देखिन्छ । यसकारण यदि बजार आगामी कारोबारमा २१२१ भन्दा माथि लाग्यो भने वेभ सी ‘टङकेटिभ ’ भयो  र बजारले यहीँ नै हालको करेक्सनको बटम मान्न सकिन्छ । तर बजार २०६०  बाट पुनः तल खस्यो भने बजारले हालको विन्दुबाट करिब एकसय अंक गुमाउन सक्छ ।  

(माथि मूख्य तस्विरमा हेर्नुस्)  

बोलिङ्गर, म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्यान्डबाट बजारलाई नियाल्दा अघिल्लो २ साता घटेको बजार यो साता बढेको छ । बजारले अपरब्यान्ड छुन पनि सकेको अबस्था छैन भने मध्य ब्यान्डतर्फ आकर्षित हुन सकेको अवस्था पनि छैन ।  

यस हिसाबले बजारमा साइडवेज चलेको देखिन्छ । यो साता बजार बढ्दा भोलुम घटेको छ । म्याक्डीमार्फत हेर्दा अघिल्लो महिना बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ ।  

लामो समयदेखि साप्ताहिक रुपमा  आरएसआई ६० भन्दा माथि जान सकेको छैन । समग्र तीनवटै इण्डिकेटरबाट हेर्दा बजारमा साइडवेज चलेको र प्रष्ट दिसा पक्रन नसकेको देखिन्छ ।  

पिभट विश्लेषण

पिभट विश्लेषण  भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतार चढाव निकालिन्छ।  

अब बजार बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२१७८

प्रतिरोध २ –२१५४

प्रतिरोध १– २११०

पिभट प्वाइन्ट: २०७८

घटेमा सपोर्ट  

सपोर्ट १– २०४३

सपोर्ट २– २०१९

सपोर्ट  ३ –१९७५

निश्कर्ष

यो साता पाँच कारोबार दिनमा बजार ४ दिन बढ्यो भने एकदिन घट्यो । समग्रमा बजारमा २९.३१ अंकको बढोत्तरी आयो । अर्थात  नेप्से सूचक बढ्यो भने र कारोबारमा बढोत्तरी आयो । अघिल्लो साताको तुलनामा यो साता बजार पुँजीकरणमा पनि ४७ अर्बले बढ्यो ।  

बजारलाई डाउ थेउरीमार्फत नियाल्दा यो साता  २१२१ को विन्दुभन्दा माथि बन्द भएर नयाँ हायर हाई बनाउन पनि सकेको अवस्था छैन । २०६०  भन्दा  तल खसेर नयाँ लोअर लो पनि बनाउन सकेको अवस्था पनि छैन । यस हिसाबले बजारलाई इलिअट वेभ र डाउ थेउरी दुवै माध्यमबाट हेर्दा यो साता बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । यसर्थ यदि बजार आगामी कारोबारमा २१२१ भन्दा माथि लाग्यो भने वेभ सी  ‘टङकेटिभ’ भयो  र बजारले यहीँ नै हालको करेक्सनको बटम मान्न सकिन्छ । तर बजार २०६० बाट पुनः तल खस्यो भने बजारले हालको विन्दुबाट करिब एकसय अंक गुमाउन पनि सक्छ ।  

(नोट:सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको कुनै सिफारिस भने होइन ।)

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.