काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक मुकुन्द प्रसाद भट्टराईले दिएको राजीनामा स्वीकृत भएको छ । असार १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भट्टराईले संस्थाप्रति हालसम्म गरेको योगदानको उच्च कदर गर्दै असार १५ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । उनी संस्थाको सञ्चालक समितिमा सर्वसाधारण समूह(ख)बाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

