इन्फिनिटी लघुवित्तको नाफामा उछाल, इपीएस २०.३१ रुपैयाँ
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफामा उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ११३६४.७५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म संस्थाले जम्मा ६ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । सो अवधिसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा नाफा वृद्धिमा टेवा...

