आईतवार, जेष्ठ ३,२०८३ 12:37:50
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:37:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इन्फिनिटी लघुवित्तको नाफामा उछाल, इपीएस २०.३१ रुपैयाँ

Laxmi Sunrise Bank Limited
इन्फिनिटी लघुवित्तको नाफामा उछाल, इपीएस २०.३१ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफामा उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ११३६४.७५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म संस्थाले जम्मा ६ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

सो अवधिसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवको तेस्रो त्रैमाससम्म ९ करोड ५७ लाख रुपैयाँ इम्पेयरमेन्च चार्ज तिरेको संस्थाको सो अवधिसम्म १२ लाख ५५ हजार रुपैयाँ यस्तो चार्ज रिभर्सल भएको छ । संस्थाको चार्ज रिभर्सल हुँदा उक्त रकम खुद नाफामा जोडिन पुगेको हो ।

Bizshala
New Office
CG Motors

साथै संस्थाको खुद ब्याज आम्दानी १३.३४ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्म २५ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको यो संस्थाले यस अवधिसम्म २८ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपात भने १४.३५ प्रतिशतबाट बढेर २३.९३ प्रतिशत पुगेको छ । साथै पूँजीकोष सामान्य घटेर ९.४५ प्रतिशत, कस्ट अफ फण्ड ६.४३ प्रतिशत, बेस रेट १२.२८ प्रतिशत र स्प्रेड दर ८.५२ प्रतिशत पुगेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

समिक्षा अवधिसम्म संस्थाको इपीएस ०.१८ रुपैयाँबाट बढेर २०.३१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४०.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९.०१ गुणा र तरलता अनुपात ८.५० प्रतिशत रहेको छ ।

संस्थाको वितरणयोग्य मुनाफा भने सो अवधिसम्म ८० लाख ४५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.