मंगलवार, जेष्ठ ५,२०८३ 08:22:16
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 08:22:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१०४% ले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

Laxmi Sunrise Bank Limited
१०४% ले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?
Shivam Cement

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जुअनुसार संस्थाले ९ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले ४ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

यसरी संस्थाको नाफामा १०४.७१ प्रतिशतको सुधार आएको छ ।  

यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी वृद्धि भएको छ । यो अवधिमा संस्थाले ४० करोड ४९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३९.६४ प्रतिशतले धेरै हो ।  

Bizshala
New Office
CG Motors

संस्थाको खुद सञ्चालन आम्दानी ४३ करोड ५६ लाख रुपैयाँ र सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ रहेको छ । संस्थाको सञ्चालन खर्च भने बढेको छ । सञ्चालन खर्च २६ करोड १ लाख रुपैयाँबाट बढेर ३० करोड ७ लाख रुपैयाँ पुगेको छ ।  

यस्तै खुद शुल्क तथा कमशिन आम्दानी भने ४९.६७ प्रतिशतले बढेर ७ करोड २७ लाख पुगेको छ ।  

अघिल्लो आवमा ४९ लाख १८ हजार रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ८ करोड ३२ हजार रुपैयाँले धनात्मक बनेको छ । रिजर्भको आकार १९ करोड २५ लाख रुपैयाँबाट बढेर २० करोड १७ लाख रुपैयाँ पुगेको छ । संस्थाको खराब कर्जा अनुपात १०.१९ प्रतिशतबाट घटेर ७.४३ प्रतिशतमा सीमित बनेको छ ।    

संस्थाको निक्षेप संकलन १ अर्ब ३९ करोड र कर्जा प्रवाह ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा ८ करोड ३२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम ४९ लाख १८ हजार रुपैयाँले ऋणात्मक थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१८.८५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.६५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३०७.३३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४६.१६ गुणा र तरलता अनुपात ८.५५ प्रतिशत कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.