शुक्रबार, श्रावण १,२०८३ 04:22:25
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:22:25
Bizshala
Global IME Bank Limited

सेयरबजारको ओरालो यात्रा जारी, कारोबार ३.०८ अर्बमा सीमित

सेयरबजारको ओरालो यात्रा जारी, कारोबार ३.०८ अर्बमा सीमित
New Office

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२३ प्रतिशत अर्थात ६.५१ अंकले घटेर २ हजार ७२४.३९ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४६७.३७ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टका ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८ करोड ७७ लाख बढीको सेयर कारोबार भएको छ ।

आजको बजारबारे नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरि केसी भन्छन्, ‘नयाँ सरकार वा स्थिर सरकार आएपछि सेयरबजार बढ्छ भन्ने आम सेयर लगानीकर्ताहरुमा ठूलो आशा थियो तर बजार उल्टै खस्किन पुगेको छ । सेयरबजारले जहिल्यै नीतिहरुको स्पष्टता खोजिरहेको छ, तर नयाँ सरकारले त्यो स्पष्टता दिन नसक्दा बजारले लय लिन सकिरहेको छैन ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने अन्य ९ वटा समूहमा रातो पोतियो । आज विकास बैंक समूह सर्वाधिक अर्थात ०.७७ प्रतिशतले बढ्यो । यस्तै फाइनान्स समूह ०.०७, लघुवित्त ०.१२ र निर्जीवन बीमा समूह ०.५६ प्रतिशतले बढ्यो ।

व्यापार समूह आज सर्वाधिक अर्थात १.२४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१०, होटल ०.५६, हाईड्रो ०.५०, लगानी ०.२२, जीवन बीमा ०.२२, उत्पादन तथा प्रशोधन ०.६७, म्युचुअल फण्ड ०.२१ र अन्य समूह ०.३९ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज सिटी होटलको सर्वाधिक अर्थात २३ करोड ५३ लाख बढीको सेयर कारोबार भयो । यस्तै साहस उर्जाको ९ करोड १६ लाख, आँखुखोला जलविद्युतको ८ करोड ६८ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको ८ करोड १८ लाख र एसवाई प्यानल नेपालको ८ करोड ७ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १४.२६ प्रतिशतले बढ्यो । यस्तै नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ६.४१ प्रतिशत र दरमखोला हाईड्रो इनर्जीको सेयरमूल्य ३.६१ प्रतिशतले बढ्यो ।

सिटी होटलको सेयरमूल्य सर्वाधिक अर्थात ६.८४ प्रतिशतले घट्यो । थ्रीस्टार हाईड्रोको सेयरमूल्य पनि आज ५.८२ र झापा इनर्जीको सेयरमूल्य ४.४३ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.