आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन सामान्य बढ्यो नेप्से, जानकार भन्छन्, ‘मार्केटको सेन्टिमेन्ट पोजेटिभ छैन’
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.५० अंक अर्थात ०.२८ प्रतिशतले वृद्धि भई २५९७.८० विन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स समेत ०.६४ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत ३७१ कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज ९...

