शुक्रबार, श्रावण १,२०८३ 01:12:09
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:12:09
Bizshala
Global IME Bank Limited

१० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेशनल लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए

१० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेशनल लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए
New Office

काठमाण्डौं । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ७ वटा समूहमा हरियाली छाएको छ भने बाँकी उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचक नै राताम्य भएका छन् । जीवन बीमा समूह ०.०३ प्रतिशत र निर्जीवन बीमा समूह ०.०८ प्रतिशतले घटेको छ । 

आज १० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स र सन नेपाल लाइफ रहेको छ । दुबैको सेयरभाउ १.११ प्रतिशतले बढेको छ । एनएलजीको सेयरभाउ ९२०.१० रुपैयाँ र सन नेपाल लाइफको ६३५ रुपैयाँ पुगेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ०.९९ प्रतिशत, आइएमई लाइफको ०.५२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३९ प्रतिशत, शिखर र सिद्धार्थ प्रिमियरको ०.३४ प्रतिशत, हिमालयन लाइफ र सिटिजन लाइफको ०.१८ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.२५ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेशनल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.२६ प्रतिशतले घटेर ६२७ रुपैयाँ कायम भएको छ । त्यस्तै, हिमालयन एभरेष्टको १.१६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०२ प्रतिशत, एशियन लाइफको ०.६५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५७ प्रतिशत, आरबीसीएलको ०.४८ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.४५ प्रतिशत, सानिमा जिआइसीको ०.४२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३९ प्रतिशत, सलिकोको ०.३८ प्रतिशत, एलआइसी नेपालको ०.०८ प्रतिशत र युनाइटेड अजोडको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.