शुक्रबार, श्रावण १,२०८३ 03:45:03
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 03:45:03
Bizshala
Global IME Bank Limited

पूँजी बजार सुधारमा तीव्रता ल्याउन नेप्से र सिडिएससीलाई बोर्डको निर्देशन

पूँजी बजार सुधारमा तीव्रता ल्याउन नेप्से र सिडिएससीलाई बोर्डको निर्देशन
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारको विकास तथा सुधारलाई तीव्रता दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)सँग छलफल गरी आवश्यक निर्देशन दिएको छ।

बोर्डले असार ३० गते ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति र कार्यान्वयन योजना सार्वजनिक गरेपछि सोही नीतिअन्तर्गत रहेका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा नेप्से र सिडिएससीसँग छलफल गरेको हो । 

बोर्डका अनुसार छलफल आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा समावेश गरिएका तथा नेप्से र सिडिएससीले कार्यान्वयन गर्नुपर्ने कार्यक्रमहरूमा केन्द्रित थियो।

छलफलपछि बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजार विकासका लागि बोर्डको नीतिमा समेटिएका कार्यक्रम कार्यान्वयन गर्न ठोस कार्ययोजना तयार गरी यथाशीघ्र बोर्डमा पेश गर्न नेप्से र सिडिएससीलाई निर्देशन दिएका छन्।

त्यसैगरी, सर्ट सेलिङ (Short Selling) सेवा सञ्चालनका लागि आवश्यक कानुनी सुधार, जनशक्ति तथा प्रविधिसहितका संरचनागत आवश्यकता पहिचान गरी आवश्यक पूर्वाधार विकासको काम शीघ्र अघि बढाउन पनि उनले निर्देशन दिएका छन्।

बोर्डले सर्ट सेलिङ सेवा सञ्चालनका लागि आवश्यक कानुनी तथा प्राविधिक तयारीमा नेप्से र सिडिएससीलाई आवश्यक सबै प्रकारको सहजीकरण गर्न तयार रहेको समेत जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.