शुक्रबार, श्रावण १,२०८३ 04:19:55
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:19:55
Bizshala
Global IME Bank Limited

२१ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सूर्यज्योति लाइफका सेयरधनीले सर्वाधिक गुमाए

२१ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सूर्यज्योति लाइफका सेयरधनीले सर्वाधिक गुमाए
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १२.२९ अंकले वृद्धि भई १९८४.४३ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा उपसूचक ०.४१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९४ प्रतिशतले बढेको छ ।  

बीमा समूह चम्किदा आज २१ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक सेयरभाउ बढ्ने कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ५.८१ प्रतिशतले बढेर ७८० रुपैयाँ ३० पैसा पुगेको छ ।  

त्यस्तै, सानिमा रिलायन्स लाइफको २.४३ प्रतिशत, रिलायबल नेपाल लाइफको २.१४ प्रतिशत, हिमालयन एभरेष्टको १.९९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.९४ प्रतिशत, आइएमई लाइफको १.६७ प्रतिशत, युनाइटेड अजोडको १.५२ प्रतिशत, नेशनल लाइफको १.४० प्रतिशत र सानिमा जिआइसीको १.१७ प्रतिशतले सेयरभाउ बढेको छ ।  

यसका साथै नेपाल पुनर्बीमा कम्पनीको ०.९९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६७ प्रतिशत, एनएलजीको ०.६६ प्रतिशत, एशियन लाइफको ०.५५ प्रतिशत, हिमालयन लाइफको ०.५२ प्रतिशत, आरबीसीएलको ०.५२ प्रतिशत, शिखरको ०.२९ प्रतिशत, हिमालयन रि को ०.१७ प्रतिशत र नेको इन्स्योरेन्सको ०.१४ प्रतिशतले सेयरमूल्य बढेको छ ।  

आज ५ वटा बीमा कम्पनीको सेयरभाउ भने घटेको छ । सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्नेमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.९७ प्रतिशतले घटेर ४३५ रुपैयाँ कायम भएको छ ।  

यसका साथै सलिकोको ०.६३ प्रतिशत, नेपाल लाइफको ०.१७ प्रतिशत, एलआइसी नेपालको ०.१५ प्रतिशत र सिटिजन लाइफको ०.११ प्रतिशतले सेयरभाउ घटेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.