सोमबार, असार ९,२०८२ 07:21:39
  • सोमबार, असार ९,२०८२ 07:21:39
Global IME Bank Limited

पुनः २६ सय विन्दुमाथि उक्लियो नेप्से, कारोबार भने खुम्चियो

Hyundai Nepal
पुनः २६ सय विन्दुमाथि उक्लियो नेप्से, कारोबार भने खुम्चियो
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ४.७८ अंकले बढेर २ हजार ६००.७६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४४५.०७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ९ अर्ब १४ करोड बढीको कारोबार भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार देव गुरागाई भन्छन्,  ‘अहिले लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा छन् । हिजो आजको बजारमा असार मसान्तको प्रभाव पनि देखिन्छ । अहिलेको बजारलाई भविष्यका लागि एक्युमुलेशनको रुपमा लिन सकिन्छ ।’

हालको बजार साइडवेजमा चलिरहेकाले यसलाई भविष्यका लागि सुरक्षित मान्न सकिने उनले बताए । ‘बजारको अहिलेको अवस्था स्वस्थनै देखिन्छ । बजारमा कारोबारी हाबी भएकाले निरन्तर साइवेज चलिरहेको छ । उनीहरु थोरै मार्जिनमा चलिरहेका छन्,’उनले भने ।  

उनले आज बजार २६ सय विन्दुमाथि अडिनुलाई सकारात्मक रुपमा लिन सकिने बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । व्यापार समूहमा लगानीकर्ताको आकर्षण देखियो । यो समूह आज २.७२ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह ०.३५ प्रतिशत, फाइनान्स ०.६८, होटल ०.८५,हाईड्रो ०.६५, लगानी ०.३५ र लघुवित्त समूह ०.०९ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.५८ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि ०.१०, जीवन बीमा ०.२७, म्युचुअल फण्ड ०.३३, निर्जीवन बीमा ०.१८ र अन्य समूह ०.२१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५२ करोड १८ लाख बढीको कारोबार भयो । बुटवल पावरको पनि आज ४२ करोड १७ लाख, ङादी ग्रुप पावरको ३३ करोड ६० लाख, सानिमा माई हाईड्रोको २८ करोड ३८ लाख र हिमालयन पावर पार्टनरको २६ करोड ८७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएकामध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज जोशी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९८ प्रतिशतले बढ्यो । पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य पनि आज ९.४२ प्रतिशत,बरुण हाईड्रोको ५.२७, पाँचथर पावरको ५.१८ र राधी विद्युतको सेयरमूल्य ४.८६ प्रतिशतले बढ्यो ।  

गुराँस लघुवित्तका लगानीकर्ताले आज सवाृधिक गुमाए । यो कम्पनीको सेयरमूल्यमा आज लोवर सर्किट लाग्यो । यस्तै पियोर इनर्जीको सेयरमूल्य ५.६८ प्रतिशत, दोर्दीखोला जलविद्युतको ४.८६ र सप्तकोशी डेभलमपेन्ट बैंकको सेयरमूल्य ३.८६ प्रतिशतले ओरालो लाग्यो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.