शनिबार, श्रावण २,२०८३ 04:23:28
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:23:28
Bizshala
Global IME Bank Limited

नयाँ आर्थिक वर्षसँगै ब्रोकरहरू ‘बाइङ मूड’मा, शीर्ष १० मध्ये ८ बाट उच्च खरिद

नयाँ आर्थिक वर्षसँगै ब्रोकरहरू ‘बाइङ मूड’मा, शीर्ष १० मध्ये ८ बाट उच्च खरिद
New Office

काठमाण्डौ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयरबजारमा साढे ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ८ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने २ वटा ब्रोकरबाट मात्रै उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज, नबिल स्टक डिलर, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र रोडशो सेक्युरिटिज रहेका छन् ।  

त्यस्तै, उच्च बिक्री गर्नेहरुमा भने इम्पेरियल सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज मात्रै रहेका छन् ।  

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५७.४७ प्रतिशत सेयर खरिद भएको छ भने ४२.५३ प्रतिशत सेयर बिक्री भएको छ ।  

नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै ब्रोकरहरुले धमाधम सेयर किन्न सुरु गरेका छन् । असार मसान्तको दबाबले ब्रोकर कम्पनीहरुले हिसाबमिलान गर्दा सेयर खरिद गरेका थिएनन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.