काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.८५ प्रतिशत र निर्जीवन बीमा समूह २.६५ प्रतिशतले बढेको छ । आज दुईवटा बीमा कम्पनीको मात्रै सेयर घटेको छ भने बाँकी सबैको बढेको छ । आज गार्डियन माइक्रो लाइफको सेयरभाउ १.३३ प्रतिशतले घटेर २१५८.६७ रुपैयाँ कायम भएको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको सेयरभाउ ०.५९ प्रतिशतले घटेर १५७९.८८ रुपैयाँ कायम भएको छ ।
आज सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ९.८२ प्रतिशतले बढेर ६४२.३१ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन एभरेष्टको ३.९३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.५१ प्रतिशत, नेको इन्स्योरेन्सको २.०६ प्रतिशत, एनएलजीको ०.५८ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.७५ प्रतिशत, आरबीसीएलको १.०३ प्रतिशत, सलिकोको २.१५ प्रतिशत, सानिमा जिआइसीको ३.१८ प्रतिशत, शिखरको २.७४ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.८३ प्रतिशत र युनाइटेड अजोडको ३.८१ प्रतिशतले बढेको छ ।
यसका साथै एशियन लाइफको ३.२० प्रतिशत, सिटिजन लाइफको ८४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.८५ प्रतिशत, हिमालयन लाइफको ५७ प्रतिशत, आइएमई लाइफको २.६४ प्रतिशत, एलआइसी नेपालको १.३० प्रतिशत, नेपाल लाइफको ३.३० प्रतिशत, नेशनल लाइफको २.४८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ६.८३ प्रतिशत, रिलायबल नेपाल लाइफको २.८३ प्रतिशत, सू्र्यज्योति लाइफको ३.९७ प्रतिशत, सन नेपाल लाइफको ४.०७ प्रतिशत र सानिमा रिलायन्स लाइफको २.८६ प्रतिशतले बढेको छ । यता पुनर्बीमा तर्फ नेपाल रि को सेयरभाउ ०.५७ प्रतिशतले बढेर १२४५.४० रुपैयाँ र हिमालयन रि को सेयरभाउ १.०१ प्रतिशतले बढेर ९०५.२५ रुपैयाँ पुगेको छ ।