शुक्रबार, श्रावण १,२०८३ 08:29:45
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 08:29:45
Bizshala
Global IME Bank Limited

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३२ प्रतिशतले घटेको छ । आज ६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर १०४२.८० रुपैयाँ पुगेको छ । 

त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको ९.९९ प्रतिशत, एशियन लाइफको ०.०९ प्रतिशत, सिद्धार्थ प्रिीमयरको ०.८४ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.४६ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.२० प्रतिशतले सेयरभाउ बढेको छ । साथै सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । 

कम्पनीको सेयरभाउ २.६८ प्रतिशतले घटेर ८२०.८९ रुपैयाँ कायम भएको छ । त्यस्तै, सन नेपाल लाइफको १.९५ प्रतिशत, हिमालयन एभरेष्टको १.५२ प्रतिशत, नेपाल लाइफको १.४५ प्रतिशत, हिमालयन रि को १.३५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.२३ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.०९ प्रतिशत, नेपाल रि को १.०९ प्रतिशत, युनाइटेड अजोडको ०.९६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.९५ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.९२ प्रतिशतले सेयरभाउ घटेको छ। 

यसका साथै सुर्यज्योति लाइफको ०.७९ प्रतिशत, सिटिजन लाइफको ०.७१ प्रतिशत, सानिमा जिआइसीको ०.६७ प्रतिशत, आइएमई लाइफको ०.६४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५९ प्रतिशत, हिमालयन लाइफको ०.५६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२६ प्रतिशत, आरबीसीएलको ०.१० प्रतिशत, एलआइसी नेपालको ०.१० प्रतिशतले घटेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.