आईतवार, श्रावण ११,२०८२ 05:52:34
  • आईतवार, श्रावण ११,२०८२ 05:52:34
Global IME Bank Limited

३ हजार विन्दुमा टिकेन नेप्से, जानकार भन्छन्, ‘स्वभाविक करेक्सन’

Hyundai Nepal
३ हजार विन्दुमा टिकेन नेप्से, जानकार भन्छन्, ‘स्वभाविक करेक्सन’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६१ प्रतिशत अर्थात १८.४४ अंकले घटेर २ हजार ९६४.२० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८४ प्रतिशतले घटेर ५१२.७६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज इन्ट्रा डे कारोबारमा नेप्से परिसूचक ३ हजार विन्दुमाथि पुगेको थियो । तर अन्तिम समयसम्म भने त्यो नेप्से परिसूचक ३ हजार विन्दुमाथि टिक्न भने सकेन । 

आजको बजारबारे प्राविधिक विश्लेषक सुवासचन्द्र ढुङ्गाना भन्छन्,  ‘लगानीकर्ताले नाफा बुक गर्दा बजारले मनौवैज्ञानिक विन्दुमा परीक्षण गरेको हो । आजको दिनभनरको बजारलाई नियाल्दा पहिलो दुई घण्टममा खरिद र अन्तिमको दुई घण्टामा बिक्री दबाब परेको देखिन्छ । यो भनेको बुलभित्रकै करेक्सन हो । ’

Muktinath Bikas Bank Limited

उनले अहिले बुल सकिसकेको भन्न नमिल्ने समेत बताए । प्राविधिक रुपमा पनि बजारले अब २९४८ र २९ सयको विन्दुमा बिलयो सपोर्ट लिनसक्ने र आजको करेक्सनले बजार थप मजबुत रहेको उनले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलले आजको बजारको घटाईलाई स्वभाविक करक्सन भएको बताए । ‘आधारभूत तथा प्राविधिक रुपमा ३ हजारको मनोवैज्ञानिक विन्दुमा प्रतिरोध सामना गरेको छ । प्राविधिक रुपमा पनि बुल प्याटर्न भित्रकै करेक्सन रहेको छ । आज बजारमा अल्पकालिन लगानीकर्ता हाबी देखिए,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । व्यापार समूह आज सर्वाधिक बढ्यो । यो समूह आज १.२९ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८८ र म्युचुअल फण्ड समूह ०.५४ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूहमा उच्च गिरावट देखियो । फाइनान्स समूह २.२२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ सर्मूह ०.९१ प्रतिशत, होटल १.९१, हाईड्रो १.३३, लगानी १.९२, जीवन बीमा १.५५, लघुवित्त ०.१८, निर्जीवन ०.७४ र अन्य ०.९६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १ अर्ब २ करोड बढीको सेयर कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ८८ करोड ९० लाख, नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख, कालिका पावरको ८४ करोड ६५ लाख र ग्रीन भेन्चर कम्पनीको ७६ करोड ६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयरमूल्यमा आज अपर सर्किट लाग्यो ।  

लुम्बिनी विकास बैंकको सेयरमूल्य आज ८.४७ प्रतिशत, ग्रीन भेन्चरको ६.२९ र सगरमाथा जलविद्युतको सेयरमूल्य ६ प्रतिशतले बढ्यो ।  

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो बैंकको सेयरमूल्य ६.३४ प्रतिशतले खस्कियो । राप्ती हाईड्रोको सेयरमूल्य पनि आज ४.९९ प्रतिशत र बुटवल पावरको सेयरमूल्य ४.११ प्रतिशतले घट्यो ।      

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.