शुक्रबार, श्रावण १,२०८३ 09:33:20
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 09:33:20
Bizshala
Global IME Bank Limited

नेप्से पुनः २ हजार विन्दुमाथि,‘ स्मार्ट मनि बजार प्रवेश गर्दा सबै समूहमा हरियाली’

नेप्से पुनः २ हजार विन्दुमाथि,‘ स्मार्ट मनि बजार प्रवेश गर्दा सबै समूहमा हरियाली’
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.४३ प्रतिशत अर्थात २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले बढेर ३६०.२६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘बजार धेरै तल गएका कारण बजारमा लगानीकर्ता प्रवेश गरेकाले आज बजार बढेको हो । यसका अलावा बैंकको ब्याजदर घट्दै जानु र कर्पोरेट सेक्टरले पनि सेयर खरिद बढाउनु जस्ता कारणले बजारमा वृद्धि देखिएको हो । ’

बजेट पनि नजिकिदै गर्दा पर्ख र हेरको अवस्थामा रहेका र नयाँ लगानीकर्ता पनि बजार प्रवेश गरेकाले बजार उकालो लागेको लम्साल बताउँछन् । लगानीको सिजन भएकाले आर्थिक रुपमा सबल कम्पनीमा लगानी बढाउनु सहि निर्णय हुन सक्ने लम्सालको विश्लेषण छ ।  

अर्का अगुवा लगानीकर्ता उपेन्द्र पाठक पनि जेठ महिनाका लागि ब्याजदर घटुनु र सेयरको मूल्य घटेर तल्लो विन्दुमा आउनु र संस्थागत लगानीकर्ता पनि बजार पस्नुले बजार बढेको बताए । बैंकको सेयर लगायतका सबै समूह हरियाली हुनुले स्मार्ट मनिसहित संस्थागत लगानीकर्ता बजार प्रवेश गरेको पुष्टि भएको उनले दाबी गरे ।  

यसका साथै यसले नीतिमा केहि परिवर्तन हुँदै गरेको आभास मिल्ने पनि पाठकले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज लघुवित्त समुह सर्वाधिक बढ्यो । आज लघुवित्त समूह ३.४४ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह ०.२५ प्रतिशत, विकास बैंक १.४४, वित्त ०.३०, होटल ०.९४, हाईड्रो ३.२२,लगानी १.१०,जीवन बीमा १.४२, उत्पादन तथा प्रशोधन ०.२६, म्युचुअल फण्ड ०.३५,निर्जीवन बीमा १.७९,अन्य १.०८ र व्यापार समूह ०.०३ प्रतिशतले बढ्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १५ करोड ८१ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो ।  

त्यस्तै साइन रेसुंगा डेभलपमेन्ट बैंकको ११ करोड ६१ लाख रुपैयाँ, आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख, रिडी पावरको ७ करोड ३८ लाख र स्वावलम्बन लघुवित्तको ७ करोड २९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज समान लघुवित्त,उपकार लघुवित्तर युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

त्यस्तै जनउत्थान सामूदायिक लघुवित्तको सेयरमूल्य ९.९९,मानुषी लघुवित्तको ९.९८, रुरु जलविद्युत कम्पनीको ९.९८ र हिमालयन लघुवित्तको सेयरमूल्य ९.७१ प्रतिशतले बढ्यो ।  

आज हिमालयन उर्जा विकासको सेयरमूल्य सर्वाधिक अर्थात ४.६४ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.