शुक्रबार, श्रावण १,२०८३ 10:24:50
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 10:24:50
Bizshala
Global IME Bank Limited

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुई उपसूचक नै बढेका छन् । जीवन बीमा समूह १.०१ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.३४ प्रतिशतले बढेको छ । आज २६ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.८१ प्रतिशतले बढेर १७९४.१० रुपैयाँ पुगेको छ ।

त्यस्तै, एशियन लाइफको ०.८२ प्रतिशत, सिटिजन लाइफको २.६४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.५७ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.१२ प्रतिशत, हिमालयन लाइफको २.४४ प्रतिशत, आइएमई लाइफको ०.८१ प्रतिशत, एलआइसी नेपालको १ प्रतिशत, नेशनल लाइफको ०.६६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.७३ प्रतिशत, रिलायबल नेपाल लाइफको १.८२ प्रतिशत, सूर्यज्योति लाइफको ०.२२ प्रतिशत, सन नेपाल लाइफको १.२५ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.३० प्रतिशतले बढेको छ । 

यसका साथै हिमालयन एभरेष्टको ०.३४ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१५ प्रतिशत, नेको इन्स्योरेन्सको १.४७ प्रतिशत, एनएलजीको ४.३६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७४ प्रतिशत, आरबीसीएलको १.३१ प्रतिशत, सलिकोको ०.६५ प्रतिशत, सानिमा जिआइसीको २.०२ प्रतिशत, शिखरको ०.१२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२५ प्रतिशत, युनाइटेड अजोडको १.०६ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.२३ प्रतिशतले बढेको छ । आज तीन बीमा कम्पनीको मात्रै सेयरभाउ घटेको छ । आइजीआई प्रुडेन्सियलको ०.०१ प्रतिशतले घटेर ५३५ रुपैयाँ, हिमालयन रि को ०.३५ प्रतिशतले घटेर ९३६ रुपैयाँ र नेशनल लाइफको ०.०८ प्रतिशतले घटेर ७५० रुपैयाँ कायम भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.