शुक्रबार, श्रावण १,२०८३ 10:11:34
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 10:11:34
Bizshala
Global IME Bank Limited

अन्तिम कारोबार दिन घट्यो सेयरबजार, जानकार भन्छन्, ‘लगानी गर्ने अवसर’

अन्तिम कारोबार दिन घट्यो सेयरबजार, जानकार भन्छन्, ‘लगानी गर्ने अवसर’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४१ प्रतिशत अर्थात ११.३७ अंकले घटेर २ हजार ७५५.४१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले घटेर ४७१.९९ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टका १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ६२ करोड ५६ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६९ करोड बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार यज्ञ घिमिरे भन्छन्, ‘आज ११ अंकले घटेको बजारलाई सामान्य रुपमा नै लिनुपर्छ । बजेटमार्फत सरकारले पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिएको छ, तर विभिन्न सञ्चार माध्यमहरुले लगानीकर्ताहरुलाई कर बढ्यो भन्दै त्रसित बनाएको कारण लगानीकर्ताहरु बजेटपश्चात् उत्साहित देखिएनन् । बजारमा ठूला लगानीकर्ताहरु सक्रिय भइसकेका छैनन्, जसकारण भोल्युम बढ्न सकिरहेको छैन, तर अहिलेको सेनारियोअनुसार भोल्युमको मात्रा पनि ठिकै छ ।’

उनले थपे, ‘पहिले–पहिले बजेटपछि बजारमा म्यानुपुलेसन हुन्थ्यो तर यसपटक त्यस्तो अवस्था देखिदैन । लगानीकर्ताहरुले बजेटमार्फत ट्याक्स बढेपनि अन्तिम कर हो भन्ने बुझ्न जरुरी हुन्छ । बजारमा प्यानिक हुनुपर्ने अवस्था छैन । यो समय लगानी गर्न पनि उचित देखिन्छ । अबको केही महिनापछि कम्पनीहरुको रिर्पोट आउँछ र लाभांश घोषणाको सिजन पनि सुरु हुन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक बढ्यो । यो समूह आज २.७७ प्रतिशतले बढ्यो ।

यस्तै होटल ०.०५ प्रतिशत, म्युचुअल फण्ड ०.२७ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले घट्यो ।

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.७८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४४ प्रतिशत, विकास बैंक ०.१६, हाईड्रो ०.७४, लगानी ०.३७, जीवन बीमा ०.४४, लघुवित्त ०.१६, अन्य ०.७४ र व्यापार समूह ०.२३ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ५५ करोड ६९ लाख बढीको सेयर कारोबार भयो । यस्तै सिटी होटलको १९ करोड ५९ लाख, सेन्टल फाइनान्सको १८ करोड ५० लाख र रिडी पावरको १५ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज कालिञ्चोक हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै उपकार लघुवित्तको सेयरमूल्य ९.७१ प्रतिशत, वेष्ट फाइनान्सको ७.५५ र सिटी होटल्सको सेयरमूल्य ७.०६ प्रतिशतले बढ्यो ।

यो दिन होटल फरेष्ट इनको सेयरमूल्य सर्वाधिक अर्थात ४.२२ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.