शुक्रबार, श्रावण १,२०८३ 03:49:43
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 03:49:43
Bizshala
Global IME Bank Limited

मौद्रिक नीतिको संघारमा दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘लगानीकर्ताको मनोबल उच्च’

मौद्रिक नीतिको संघारमा दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘लगानीकर्ताको मनोबल उच्च’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३२ अंकले बढेर २ हजार ५६८.११ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५६ प्रतिशतले बढेर ४६०.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अर्जुन थापा भन्छन्,  ‘अहिले तरलता फालाफाल र ब्याजदर निकै घटेका कारण लगानीकर्ताको मनोबल बढेको छ । मुद्दती निक्षेपको ब्याजदर पनि निकै घटेको छ । यस्तै सरकारले पनि घरजग्गा तथा सेयर बजार चलायमान बनाउने नीति अबलम्बन गर्ने बताएकाले बजार आज पनि करेक्सन हुँदै सम्हालिएको छ ।’

अर्का बजार जानकार सुमन कुमार रिजालले पनि ठूला दलहरु मिलको र घरजग्गा तथा सेयर बजार चलायमान नीति लिने घोषणा गरेकाले बजारमा उत्साह आएको बताए ।‘आज पनि बजार केहि करेक्सन हुँदै पुनःमाथि लागेको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । लगानीकर्ता मौद्रिक नीतिको ब्यग्र प्रतिक्षामा भएकाले मौद्रिक नीति पछि बजारले लिने दिशाका बारेमा आँकलन गर्न सकिनेछ ।’  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लघुवित्त क्षेत्रमा सर्वाधिक उछाल आयो । यो समूह आज ६.८३ प्रतिशतले बढेर ७ हजार ७९५ विन्दुमा पुग्यो । यस्तै आज बैंकिङ समूह १.३६ प्रतिशत,वित्त १.२२,होटल ०.४२,जीवन बीमा ०.७१,उत्पादन तथा प्रशोधन ०.८६,म्युचुअल फण्ड ०.६९,निर्जीवन बीमा २.९५ र व्यापार समूह ०.८१ प्रतिशतले बढ्यो ।  

आज विकास बैंक समूह ०.३५ प्रतिशत,हाईड्रो ०.१०,लगानी ०.७३ र अन्य समूह ०.३३ प्रतिशतले घट्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३४ करोड १७ लाख बढीको सेयर कारोबार भयो । हिमालयन लाइफको आज २४ करोड ६४ लाख, शिवम् सिमन्टको २३ करोड ७२ लाख, फर्स्ट माईक्रोफाइनान्सको २३ करोड ५९ लाख र हिमालयन रिइन्स्योरेन्सको २० करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज उपकार लघुवित्त, जीवन विकास लघुवित्त,एशियन हाईड्रो,गणपति लघुवित्त,राष्ट्रिय बीमा कम्पनी,आरएसडीसी लघुवित्त,नाडेप लघुवित्त र लक्ष्मी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ९.५७ प्रतिशत,डिप्रोक्स लघुवित्त ९.५० र नेपाल फाइनान्सको सेयरमूल्य ९.३७ प्रतिशतले बढ्यो ।  

यो दिन मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ७.६५ प्रतिशतले घट्यो । माण्डु हाईड्रोको सेयरमूल्य आज ४.६८ प्रतिशत र कालिका पावरको सेयरमूल्य ३.८१ प्रतिशतले घट्यो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.