शुक्रबार, श्रावण १,२०८३ 04:11:19
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:11:19
Bizshala
Global IME Bank Limited

सप्तकोशीमा जलप्रवाह १.५१ लाख क्युसेक नाघ्यो, २० ढोका खुला; उच्च सतर्कताको रातो बत्ती

सप्तकोशीमा जलप्रवाह १.५१ लाख क्युसेक नाघ्यो, २० ढोका खुला; उच्च सतर्कताको रातो बत्ती
New Office

 

काठमाण्डौ ।    सप्तकोशी नदीमा जलप्रवाह निरन्तर बढेपछि सुनसरी प्रशासनले उच्च सतर्कता अपनाउँदै विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ।

शुक्रबार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेको छ। बढ्दो जलप्रवाहलाई निकास दिन ब्यारेजका ५६ मध्ये २० वटा ढोका खोलिएका छन्।

सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको सङ्केतस्वरूप कोशी ब्यारेजमा रातो बत्ती बाल्ने व्यवस्था छ। पानीको सतह बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।

यसैबीच, सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले सम्भावित बाढी, डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिए। विपद् व्यवस्थापनमा संलग्न निकायहरूको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको र आवश्यक कार्यविधिसमेत तयार पारिएको उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बर्खायाममा उद्धार तथा राहत वितरण, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण र आवश्यक परे पुनःस्थापना गर्न प्रशासन तथा सुरक्षा निकाय तयारी अवस्थामा राखिएका छन्।

 

प्रजिअ घिमिरेले कोशी ब्यारेजको पुल र कमजोर तटबन्धहरूको मर्मतसम्भार गरिएको बताए। ठूलो बाढीका कारण कुनै स्थानमा कटान भएमा वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी तयारी गरिएको उनले जानकारी दिए।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरेलगायत सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.