शुक्रबार, श्रावण १,२०८३ 01:48:44
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:48:44
Bizshala
Global IME Bank Limited

दशैंको बिदापछि खुलेको सेयर बजारमा हरियाली, जानकार भन्छन्,‘बजारको बढोत्तरी सकारात्मक’

दशैंको बिदापछि खुलेको सेयर बजारमा हरियाली, जानकार भन्छन्,‘बजारको बढोत्तरी सकारात्मक’
New Office

काठमाण्डौ । दशैंको लामो बिदापछि खुलेको नेपाल स्टक एक्सचेञ्च (नेप्से) आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३१.४८ अंकले बढेर २ हजार ६९९.६६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२३ प्रतिशतले बढेर ४८६.२९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको ६४ लाख १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘बजार अहिले फेस्टिभ मुडमै छ । आजको बजारको बढोत्तरी सकारात्मक नै छ । यद्यपी भोल्युम भने आउन सकेको छैन ।’

पौडेलले बजार केही समय २४४० देखि २७४० विन्दुसम्म साइडवेज चल्न सक्ने अनुमान गर्दै भने,‘दशैंतिहार पछि मंसिरको दोस्रो सातादेखि बजारले राम्रै गति लिन सक्छ । बजार एकपटक घटेर फर्केका कारण बजार बढ्ने ने देखिन्छ ।

उनले अहिले लगानीकर्ता सक्रिय भै नसकेको र हाल बजारमा एक्युमुलेसन चलेको कारण तत्काल माथि नजान पनि सक्ने बताए । ‘सबै लगानीकर्ता बजारमा फर्किसकेको अबस्था होइन । बजारमा बिस्तारै एक्यूमुलेसन चल्दै छ’,उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४.६१ प्रतिशतले बढेर ३ हजार ३९०.३४ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह १.५९ प्रतिशत,विकास बैंक १.५६,वित्त ४.६१,होटल ०.८०,हाईड्रो ०.७२,लगानी १.५२,जीवन बीमा १, लघुवित्त ०.७२,म्युचुअल फण्ड ०.२३,निर्जीवन बीमा ०.५१ र अन्य समूह १.२१ प्रतिशतले बढ्यो ।  

आज उत्पादन तथा प्रशोधन समूह मात्रै घट्यो । यो समूह ०.२२ प्रतिशतले ओरालो लाग्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गूडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १८ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै नेपाल फाइनान्सको आज ११ करोड २३ लाख,हिमालयन रि इन्स्योरेन्सको १० करोड ९३ लाख,सिईडिबि हाईड्रोको १० करोड २ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ४१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

मल्टीपर्पस फाइनान्सको सेयरमूल्य पनि आज९.३२ प्रतिशत,समृद्धि फाइनान्सको ६.८४ र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ६.३६ प्रतिशतले बढ्यो ।  

आज मिड सोलु हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । युनाइटेड मोदी हाईड्रोको सेयरमूल्य ५.२५ प्रतिशत,युनिलिभर नेपालको ३.८५ र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.६२ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.